८०औँ नियमित साहित्यिक श्रृंखला अन्तर्गत ‘लालगोपालसँग कविता साँझ’ सम्पन्न

भैरहवा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा ८० औँ नियमित साहित्यिक श्रृंखला अन्तर्गत ‘लालगोपालसँग कविता साँझ’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षता र बरिष्ठ कवि तथा गीतकार लालगोपाल सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेपालको राष्ट्रिय गीत बजाएर उद्घाटन भएको थियो ।
प्रमुख अतिथि सुवेदीले करिब एक दर्जन आफ्ना कवितामा स्वर दिँदै अनेसासको साहित्यिक यात्रा, उद्देश्य र भावी दिशाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । “अनेसास जापान च्याप्टर अनेसासकै मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले प्रवासमा साहित्यिक अभियानलाई अझ सशक्त बनाउने आवश्यकता औंल्याउनुभयो । “अबको नेपाली साहित्यलाई नोबेल पुरस्कारको ढोकासम्म पु¥याउनु पर्छ, त्यसका लागि धेरै काम गर्नुपर्ने छ” सुवेदीले भन्नुभयो । उहाँले संख्यात्मकभन्दा गुणात्मक सृजनामा ध्यान दिनुपर्ने समय आएको पनि उल्लेख गर्नुभयो ।
उहाँका कविताहरू अनेसासका पूर्व अध्यक्ष तथा संरक्षक दिनेश राज ज्ञवाली, दीप पाठक, गिरिजा गैह्रे, रविन शर्मा तथा सल्लाहकार सविना रेग्मीले वाचन गर्नुभएको थियो । अनेसास केन्द्रका पूर्व अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले स्रष्टाको परिचय प्रस्तुत गर्नुभएको थियो भने अनेसास जापानका संस्थापक अध्यक्ष डा. कुमार बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
यसै अवसरमा युको ओकामोतो, लक्ष्मी राई, मन्जु गिरी, प्रवण पोख्रेल, नविन कँडेल, पूजा अर्याल, हरिबिनोद अधिकारी तथा विष्णु सुवेदी ‘निशान’ लगायतका कविहरूले पनि आफ्ना कविता वाचन गरी साहित्यिक वातावरणलाई थप जीवन्त बनाएका थि ए। साथै, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुन्द्रराज पौडेलको गीतले कार्यक्रमलाई थप सांगीतिक बनाएको थियो ।
कार्यक्रममा केही समयअघि स्वर्गीय हुनुभएका गायक प्रशान्त तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुवेदीको शब्दमा रहेको ‘बिछोडको करौतीले’ बोलको गीत गिरिजा गैह्रेको नेतृत्वमा सामूहिक रूपमा प्रस्तुत गरिएको थियो, जसले वातावरणलाई भावुक र स्मरणीय बनाएको थियो ।
कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष सरोज घिमिरेले कार्यक्रमबारे मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव विनिशा सापकोटाले गर्नुभएको थियो । समापन सभाध्यक्ष तथा संस्थाका अध्यक्ष आनन्द अधिकारीले धन्यवाद ज्ञापनसहित कार्यक्रम सम्पन्न गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव नारायण पोखरेलले व्यक्त गर्नुभएको थियो ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका