निर्वाचन भयरहित र निष्पक्ष बनाउन महासंघको अपिल

भैरहवा । नेपाल पत्रकार महासंघ, रुपन्देहीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता तथा सरोकारवाला निकायलाई हार्दिक अपिल गरेको छ ।
महासंघका सचिव सी.पी. खनालद्वारा जारी विज्ञप्तिमा निर्वाचन लोकतन्त्रको महत्वपूर्ण उत्सव भएको उल्लेख गर्दै निर्वाचन अवधिभर पत्रकार र सञ्चारमाध्यममाथि कुनै प्रकारको दबाब, प्रभाव वा अवरोध सिर्जना नगर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारहरूलाई स्वतन्त्र रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्न दिनुपर्नेमा जोड दिइएको छ । समाचारप्रति असन्तुष्टि भए कानुनी प्रक्रिया वा प्रेस काउन्सिलमार्फत उजुरी दिन सकिने व्यवस्था हुँदाहुँदै शक्ति प्रयोग, धम्की, दुर्व्यवहार र मानसिक वा भौतिक दबाब दिनु अस्वीकार्य हुने महासंघले स्पष्ट पारेको छ ।
त्यस्तै, निर्वाचन प्रचार–प्रसार तथा मतदानको समयमा पत्रकारसँग मर्यादित व्यवहार गर्न र समाचार संकलनमा सहज वातावरण बनाउन सुरक्षा निकाय तथा निर्वाचन कार्यालयको ध्यानाकर्षण गराइएको छ ।
सामाजिक सञ्जालमार्फत पत्रकार तथा सञ्चारमाध्यमविरुद्ध गालीगलौज, अपमानजनक टिप्पणी र धम्की दिने प्रवृत्ति बढ्दै गएकोप्रति महासंघले गम्भीर चिन्ता व्यक्त गरेको छ । यस्ता गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उल्लेख गर्दै त्यस्ता कार्य तुरुन्त बन्द गर्न आग्रह गरिएको छ ।
महासंघले पत्रकार तथा सञ्चारमाध्यमलाई पनि निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । कुनै दल वा व्यक्तिविशेषको पक्ष वा विपक्षमा नलागी निष्पक्ष, तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्न आह्वान गरिएको छ ।
अन्त्यमा, लोकतन्त्रको सुदृढीकरण र प्रेस स्वतन्त्रताको संरक्षणका लागि सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका