७६औँ प्रजातन्त्र दिवसको अवसरमा जेसीआई सिद्धार्थ लेडीद्वारा दीप प्रज्वलन

भैरहवा, फागुन ७ । ७६औँ प्रजातन्त्र दिवसको अवसरमा जेसीआई सिद्धार्थ लेडीको आयोजनामा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित पृथ्वी चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।

राष्ट्रप्रति सम्मान र प्रजातन्त्रको संरक्षण तथा सुदृढीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयवासी, जेसीआईका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले दीप प्रज्वलन गर्दै प्रजातन्त्र प्राप्तिका लागि भएका ऐतिहासिक आन्दोलनहरूलाई स्मरण गरेका थिए।

कार्यक्रममा सीता गैरे भण्डारीको सभाअध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष  नारायण उपाध्याय सापकोटा सहभागी हुनुभएको थियो। प्रमुख अतिथि सापकोटाले प्रजातन्त्रले नागरिकलाई दिएको अधिकार र कर्तव्यप्रति सजग रहन आग्रह गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रम संयोजक प्रिया घिमिरेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै प्रजातन्त्र दिवसलाई उत्सवका रूपमा मात्र नभई जिम्मेवारीको रूपमा पनि ग्रहण गर्नुपर्ने बताउनुभयो। कार्यक्रमको सञ्चालन  मन्दिरा उप्रेतीले गर्नुभएको थियो।

दीप प्रज्वलन कार्यक्रमले प्रजातन्त्र दिवसको गरिमा अभिवृद्धि गर्दै स्थानीय स्तरमा देशप्रेम र लोकतान्त्रिक चेतना सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका