बौद्धिक वर्गको निष्कर्ष : रुपन्देही–३ मा बासुदेव घिमिरेलाई सघाउने निर्णय

भैरहवा । रुपन्देही क्षेत्र नम्बर–३ मा रहेका वकिल, प्राध्यापक, साहित्यकार, लेखक, अडिटर, शिक्षक तथा विभिन्न पेशाबाट सेवानिवृत्त व्यक्तिहरुको भेला बिहीबार भैरहवामा सम्पन्न भएको छ।

उक्त भेलाले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएका ३३ जना उम्मेदवारबारे व्यापक छलफल र समीक्षा गरेको जनाएको छ। सहभागीहरुले राजनीति बुझेको, समाजको यथार्थ बुझेको, बौद्धिक क्षेत्रको सम्मान गर्ने, संसदीय व्यवस्थाको महत्वलाई प्रभावकारी रूपमा उपयोग गर्न सक्ने तथा क्षेत्रको भूगोलमा रहेका विविध जाति, समुदाय, धर्म र भाषाबीच एकता कायम गर्न सक्ने उम्मेदवारलाई मत दिनुपर्ने निष्कर्ष निकालेका छन्।

भेलामा करिब एक सयको संख्यामा उपस्थित बौद्धिक समुदायका प्रतिनिधिहरुले ३३ उम्मेदवारको विभिन्न कोणबाट समीक्षा गरेका थिए। समीक्षा पश्चात नेकपा (एमाले) का तर्फबाट उम्मेदवार रहेका बासुदेव घिमिरे वर्तमान अवस्थामा सबैभन्दा उपयुक्त बौद्धिक उम्मेदवार भएको निष्कर्ष निकाल्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा उनलाई सघाउने निर्णय गरिएको जिल्ला अदालत बार एशोसिएसन रुपन्देहीका पूर्व अध्यक्ष लोकनाथ पन्थले जानकारी दिए।

सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष एवं सेवा निवृत्त सहप्राध्यापक डिल्लीराज भट्टराईका अनुसार भेलाले सार्वजनिक रूपमा रुपन्देही क्षेत्र नम्बर–३ का सम्पूर्ण मतदातालाई फागुन २१ गतेको निर्वाचनमा बासुदेव घिमिरेलाई मतदान गर्न आह्वान समेत गरेको छ।

रुपन्देही क्याम्पसका पूर्व प्रमुख भरतकुमार पोखरेलले बौद्धिक समुदायले विशेष परिस्थितिमा विशेष निर्णय लिने परम्परा रहेको उल्लेख गर्दै यसपटक पनि बौद्धिक दृष्टिकोणबाट सबैभन्दा उपयुक्त उम्मेदवारलाई सहयोग गर्ने निर्णयलाई महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे।

कार्यक्रममा सामुदायिक विद्यालय परिवारका पूर्व अध्यक्ष गम्भीर गुरुङले सामाजिक सञ्जालमा फैलिने भ्रम र प्रचारबाट प्रभावित नहुन आग्रह गर्दै यथार्थ मूल्याङ्कनका आधारमा गरिएको निर्णयलाई सबै बौद्धिक वर्गको सामूहिक निष्कर्ष भएको बताए।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका