भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ का स्वतन्त्र उम्मेदवार गोपाल भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन मार्फत उनले समान विचारधारा तथा एजेन्डा भएका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौरव बोहरालाई समर्थन गर्ने निर्णय गरेको जनाएका छन् ।
भण्डारीले सामाजिक, धार्मिक तथा विकास निर्माणका मुद्दामा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गरेको विज्ञप्तीमा उल्लेख छ ।






