भैरहवा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) एकसाथ भैरहवामा उपस्थित हुनुहुने भएको छ ।
पार्टीले सार्वजनिक गरेको सूचनाअनुसार उहाहरू फागुन ९ गते, शनिबार अञ्चलपुरस्थित भैरहवा प्रदर्शनी स्थलमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुनुहुनेछ ।
कार्यक्रममार्फत पार्टीले कार्यकर्ता भेटघाट, सम्बोधन तथा समसामयिक राजनीतिक विषयमा धारणा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। लामिछाने र शाह एकै मञ्चमा उपस्थित हुने भएपछि रुपन्देही क्षेत्रका समर्थक तथा सर्वसाधारणमा उत्साह बढेको रास्वपाकि समानुपातिक उम्मेदवार ज्ञानु पौड्यालले बताउनुभयो ।
रुपन्देही क्षेत्र नम्बर ३ चुनाबप्रचार प्रसार समितिका चुनावी कमान्डर नारायण प्रसाद भन्डारिका अनुसार कार्यक्रमको तयारी तीव्र पारिएको छ र हजारौंको सहभागिता रहने अपेक्षा गरिएको छ। सुरक्षा तथा व्यवस्थापनका आवश्यक प्रबन्ध मिलाइएको आयोजकले जानकारी दिएको छ।






