रुपन्देही–३ मा प्रगतिशील लोकतान्त्रिक पार्टीले एमालेलाई सघाउने

गौतमबुद्ध सन्देश

भैरहवा, फागुन ६ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही क्षेत्र नं. ३ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहनुभएका बासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको छ । पार्टीका उम्मेदवार अनुशासनको कारवाहीमा परेकाले प्रलोपाले रुपन्देही क्षेत्र नं. ३ मा एमालेका घिमिरेलाई सघाउने निर्णय गरेको हो । सो पार्टीले प्रत्यक्ष तर्फ एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चिन्हमा मतदान गर्न आफ्‌ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेको छ । पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला बिकले संयुक्त रूपमा निर्णय सार्वजनिक गर्दै रुपन्देही क्षेत्र नं. ३ को चुनावी तालमेलसम्बन्धी औपचारिक जानकारी गराउनुभएको हो । सो पार्टीका अनुसार कर्णाली प्रदेश तथा साविक राप्तिका केही स्थानमा समेत नेकपा एमालेसँग चुनावी तालमेल भएको छ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका