रुपन्देही ३ मा एमाले उम्मेदवार बासुुको प्रभाव फैलिदै

गौतमबुद्ध सन्देश

भैरहवा । ३६ जना उम्मेदवार चुुनाबी प्रतिसपर्धामा रहेको रुपन्देही क्षेत्र नं ३ मा यतिबेला एमालेका तर्फबाट उम्मेदवार रहेका बासुुदेव घिमिरेको प्रभाव फैलिदै गएको छ ।
०७९ को निर्वाचनमा देखिएको एमालेको एकता पुुनः यसपटकको निर्वाचनको दौरान देखिएको छ । ०६४।०७०।०७४ को निर्वाचनमा कोहि पूर्व कोहि पश्चिम, कोहि उत्तर त कोहि दक्षिण फर्किने गरेका रुपन्देही ३ का एमालेका स्थानिय नेताहरु ०७९ को प्रतिनिधी सभा निर्वाचनमा झै यसपटक पुुनः एकताबद्ध भई चुनाबी मैदानमा उत्रिएका छन । जसको कारण एमाले उम्मेदवार बासुु घिमिरेको चुनाबी प्रचार अभियान थप व्यवस्थीत र प्रभावकारी बनेको छ ।
घिमिरेका प्रतिसपर्धिहरु रास्वपाका उम्मेदवार लेखजंग थापा, कांग्रेसका उम्मेदवार शुुसील गुुरुङ, राप्रपाका उम्मेदवार गौरब बोहोरा, नेकपाका उम्मेदवार फैज अहमद खानहरु चुनाबी प्रचारमा कमजोर देखिएका छन् ।
रुपन्देही क्षेत्र नम्बर ३ का १ लाख ४० हजार ३५ जना मतादाताले ३६ जना प्रतिसपर्धि मध्ये एक जनालाई आफ्नो जनप्रतिनिधी चयन गर्नेछन् । जस मध्ये घिमिरे सबैभन्दा परिपक्क र बलिया उम्मेदवारको रुपमा देखिएका छन । उनका प्रतिसपर्धिहरु मध्ये उनी मात्रै संसदीय राजनीतिमा अनुुभवि उम्मेदवार हुन् । यसैगरी उनी स्थानिय सरकारको प्रमुख भएर पनि लोकप्रीयता हासील गरेका थिए ।
एमाले उम्मेदवार घिमिरे तिलोत्तमा नगरको प्रमुख भई सर्वोत्कृष्ट मेयरको अवार्ड समेत जिति विकासको रोल मोडल बनेका थिए । जसको चर्चा रास्वपाका बरिष्ठ नेता बालेन शाहले पनि गर्ने गरेका छन् । तीनै घिमिरे ०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ मा कांग्रेसका शक्तिशालि नेता भरत शाहलाई फराकिलो मतान्तारले पराजित गरि सासद चुनिएका थिए । यतिबेला एमालेले उनलाई रुपन्देही ३ मा उम्मेदवार बनाएपछि उनी थप सुरक्षीत देखिएका छन् । आफैले ५ बर्ष काम गरेर विकास गरेको क्षेत्र तिलोत्तमाको २ वटा वडाबाट उनले अन्य उम्मेदवारले भन्दा बढी मत पाउने विश्वास गरेका छन् ।
घिमिरेलाई जसपाका तर्फबाट उम्मेदवार बनेका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी निश्क्रीय बनाई समर्थन गर्नुुले झनै सुरक्षीत बनाएकोछ । यसैगरी अर्का स्वतन्त्र उम्मेदवार मोहमद मुुर्तुुजा साहले पनि घिमिरेलाई नै समर्थन गरी उम्मेदवारी फिर्ता गरेका छन् ।
एमालेको सांगाठानिक संरचना पनि बलियो रहेको रुपन्देही ३ मा एमालेको बलमा ०७९ को निर्वाचनमा राप्रपाका दीपक बोहोराले तत्कालिन कांग्रेसका शक्तिशालि बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेका थिए । ०७९ को निर्वाचनमा झै यतिबेला एमालेको अद्भूतपूर्व एकता पुनः स्थलगत रुपमा देखिएको छ । एमालेका नेता कार्यकर्ता स्वतः स्फूर्त रुपमा घरदैलोमा खटिएका छन् । जसले पनि घिमिरेको जितलाई थप सुनिश्चता प्रदान गर्न टेवा दिईरहेको एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थिले बताए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका