रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

गौतमबुद्ध सन्देश

देवदह, ५ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर–१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका हिराबहादुर खत्रीले आफ्नो क्षेत्रलाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको बताउनुभएको छ । रुपन्देही एकका विभिन्न पालिकामा रहेका मतदाता तथा कृषकहरुसँग छलफल, संवाद तथा घरदैलो गर्दै उम्मेद्वार खत्रीले कृषिको प्रचुर सम्भावना रहेको क्षेत्रनम्बर एकलाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गर्नु आफ्नो प्राथमिकता रहेका बताउनुभयो । उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन गर्नु आवश्यक रहेको उल्लेख गर्दै उहाँले परम्परागत पशुपालन पेशा अंगालेका किसानहरुको प्रोत्साहनकालागि अनुदान कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनुभयो । उहाँले दुग्ध उत्पादन किसानलाई टिकाई राख्नकालागि नश्ल सुधार, बजारीकरण र घाँसमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने उल्लेख गर्नुभयो । कृषिका अन्य विषयसँगै दुघ उत्पादक किसानका मुद्धालाई पनि सँगसँगै लिएर हिडेको उहाँले बताउनुभयो ।

उहाँले उत्पादन गरिएका डेरी प्रोडक्टलाई छिमेकी मुलुकमा निर्यात गर्ने र प्रतिस्प्रर्धा गर्ने वातावरणको सृजना गर्ने कार्यमा राज्यले गम्भिर भएर लाग्नु पर्ने र यसमा आफ्नो भुमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाँले किसानलाई प्रोत्साहन गर्नकालागि घाँसमा आधारित पशुपालन र उन्नत नश्लका पशुका माध्यमले दुधको लागत मुल्य घटाउन सकिने बताउँदै किसानलाई घाटा नहुँने गरि निर्यातलाई प्रोत्साहन गर्नु पर्ने बिचार राख्नुभयो । उहाँले किसानलाई आत्मनिर्भर बनाउन र उनीहरुको उत्पादनलाई बजारिकरण गर्ने योजनाका साथमा आफुले काम गर्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले पशुपालक किसानलाई न्याय गर्नकालागि राज्यले किसानलाई अनुदानका कार्यक्रमलाई बढाउन आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय भारतबाट आउने दुध र ध्युलाई रोक्दा किसानलाई फाइदा पुगेकाले किसानलाई प्रंोत्साहन गर्नकालागि आवश्यक नीति निर्माणकालागि आफुले किसानकोतर्फबाट आवाज उठाउने प्रतिवद्धता दिनुभयो । किसानले पाउने अनुदान सहज रुपमा पाउने नीति र कार्यक्रमकालागि केन्द्रित रहने उल्लेख गर्दै उहाँले भाषणमा होइन ब्यवहारमा किसानका मुद्धा उठाउने बताउनुभयो । रुपन्देही क्षेत्रनम्बर–१ को देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका वडानम्बर–१५ र १६, रोहिणी गाँउपालिका वडानम्बर–१,३ र ५ र ओमसतिया गाँउपालिकाको वडानम्बर ७ र १२ का मतदाता तथा किसानलाई भेट्दै खत्रीले किसानकै मुद्धालाई प्राथमिकता राखेर अगाडी बढ्ने विश्वास ब्यक्त गर्नुभयो ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका