सिद्धार्थनगर सिटी हस्पिटलमा मानसिक तथा पेट–कलेजो रोगको विशेषज्ञ सेवा सुरु

गौतमबुद्ध सन्देश

भैरहवा । सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले मानसिक रोग तथा पेट–कलेजो रोग सम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको जनाएको छ। स्थानीय स्तरमै विशेषज्ञ उपचार उपलब्ध गराउने उद्देश्यसहित नयाँ सेवा सुरु गरिएको प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । उनले पछिल्लो समय मानसिक स्वास्थ्य समस्याका बिरामी बढ्दै गएको र विशेषज्ञ उपचारको पहुँच सीमित रहेको उल्लेख गर्दै नियमित ओपीडी, २४ घण्टा भर्ना सेवा तथा गोप्य परामर्शको व्यवस्था रहेको बताए। मानसिक रोग उपचारका लागि मनोचिकित्सक डा. सञ्जीव रंजनको नेतृत्वले उपचार सेवा प्रदान गर्ने छ ।
डिप्रेसन, चिन्ता, तनाव, अनिद्रा, व्यवहारिक समस्या तथा लागूऔषध दुरुपयोगजस्ता समस्याको परामर्श र उपचार सेवा उपलब्ध रहेको पौडेलले बताए । यसैगरी अस्पतालले पाचन प्रणाली, पेट र कलेजो रोगसम्बन्धी उपचारमा इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा पनि सुरु गरेको छ। जापान निर्मित उपकरणमार्फत सेवा दिइने अस्पतालले जनाएको छ। उक्त सेवामा डा. मनीष विश्वकर्माको टोलीले सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ।
अस्पतालका अध्यक्ष तथा मृगौला रोग विशेषज्ञ डा. सुबोध पाण्डेले नयाँ सेवा सुरु भएसँगै बिरामीलाई टाढा जानुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गर्दै सुलभ शुल्कमा गुणस्तरीय उपचार प्रदान गरिने बताए।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका