माटो भरिएका वियर बोरामा राखेर आतंक

गौतमबुद्ध सन्देश

भैरहवा । बियरको बोत्तलमा माटो भरेर र परालका टुक्रा पोको पारेर राजमार्गमा राखिएपछि विहानभरि भैरहवा आतंकित बन्यो । सिद्धार्थ राजमार्गको बुद्धचोक र अञ्चलपुर नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडिको सडकमा बोरामा प्याक गरिएका परालका टुक्रा र माटो भरिएका बियरका बोत्तल राखेर बाहिर नेपाल बन्द सफल पारौं लेखिएको थियो ।
वैदेशिक हस्तक्षेपको बिरोध र आसन्न निर्वाचन बहिष्कार गर्ने भन्दै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले आज नेपाल बन्द आव्हान गरेको नेपाल बन्द सफल पार्ने र जनजीवनलाई आतंकित बनाउने उद्देश्यले बिस्फोटक पदार्थ जस्तो देखिने गरी ती वस्तु राखिएको थियो । नेपाली सेना र प्रहरीको बम डिस्पोजल टोलीले आवागमन रोकेर हेर्दा परालका टुक्रा र माटो तथा वालुवा भरिएका क्यान वियरका बोत्तल भेटिएका थिए ।
प्रहरीले बुद्धचोक र अञ्चलपुरमा यातायातका साधन रोकेपछि बिहान २ घण्टा भैरहवामा आतंक फैलिएको थियो ।
नेकपा बहुमतको आब्हानका कारण आज रुपन्देहीमा अघोषित रुपमा विद्यालय बन्द भएका छन् । बजार र यातायात भने पूर्ण रुपमा खुलेका छन् ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका