भैरहवा, ३ फागुन । पत्रकार पुरुषोत्तम सुवेदीले नेपाल प्रेस युनियन र नेपाली कांग्रेसबाट राजीनामा दिएका छन्।
फागुन ३ गते सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमार्फत सुवेदीले नेपाल प्रेस युनियनको साधारण सदस्यता र नेपाली कांग्रेसको पार्टी सदस्यता दुवैबाट अलग भएको घोषणा गरेका हुन्। लामो समयदेखि नेपाल प्रेस युनियनमा आबद्ध रहँदै आएका उनले पछिल्लो समय पार्टी पंक्तिबाट संस्थाको कुनै अनुभूति हुन नसकेको उल्लेख गर्दै गहन सोचविचारपछि राजीनामा दिने निर्णय लिएको बताएका छन्।
विज्ञप्तिमा उनले नेपाल प्रेस युनियन नवलपरासीका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस नवलपरासीका पूर्व कार्यालय सचिवका रूपमा सेवा गर्ने अवसर प्रदान गरेकोमा सम्बन्धित सबैप्रति आभार व्यक्त गरेका छन्।
उनको राजीनामालाई जिल्लाको राजनीतिक तथा पत्रकारिता वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपाल प्रेस युनियन र कांग्रेसबाट पुरुषोत्तम सुवेदीको राजीनामा

गौतमबुद्ध सन्देश








