‘इरेजर म’

गौतमबुद्ध सन्देश

म इरेजर।
सानो, साधारण, प्रायः बेवास्ता गरिने।
तर जब गल्ती हुन्छ,
त्यसैबेला सबैभन्दा पहिले सम्झिइने।

सानो हुँदा तपाईंले मलाई कसरी समात्नुहुन्थ्यो, याद छरु
गल्ती भएपछि डराउँनु हुन्थ्यो,
तर त्यो डर पूर्ण हुँदैनथ्यो।
किनकि म तपाईंको हातमै थिएँ।
गल्ती लेखिन्थ्यो।
म घस्रिन्थेँ।
अक्षर हराउँथ्यो।
धुलो उठ्थ्यो।
र तपाईं फेरि लेख्न सुरु गर्नुहुन्थ्यो।
तपाईं अघि बढ्नुहुन्थ्यो।
म सानो हुँदै जान्थेँ।
मलाई कहिल्यै गुनासो थिएन।
किनकि मेरो अर्थ नै त्यही थियो—
गल्तीलाई अवसरमा बदल्नु।

तर आज जब तपाईं जीवनको कापी हेर्नुहुन्छ,
तपाईं सास फेर्दै भन्नुहुन्छ—
“काश, जीवनमा पनि इरेजर हुन्थ्यो‘”
म शान्त स्वरमा भन्छु—
“थिए‘ धेरै थिए‘”
के तपाईंलाई याद छ—
जब तपाईंले सानो गल्ती गर्नुभयो,
आमाले समाजको अगाडि तपाईंलाई जोगाइदिनुभयोरु
बुबाले शिक्षकसँग कुरा गरेर तपाईंको आत्मविश्वास बचाइदिनुभयोरु
दाजु–दिदीले तपाईंको गल्ती आफ्नै काँधमा लिएरु
काका–काकीले भन्नुभयो, “बच्चा हो, सिक्दैछ‘”रु
गुरु–गुरुआमाले डाँटेर पनि तपाईंको भविष्य बिग्रिन दिएनन्रु
सिनियर्सहरूले तपाईंलाई लाजबाट जोगाएर सुधार्ने मौका दिएरु
उहाँहरू सबै‘
के थिएरु
इरेजर नै त थिए।
उहाँहरूले तपाईंको गल्ती मेटाइदिनुभयो,
तर त्यसको चिन्ता आफ्नै मनमा राख्नुभयो।
उहाँहरूले तपाईंलाई बचाउनुभयो,
तर आफैँ घिस्रिनुभयो।
म कापीमा सानो हुँदै जान्थेँ।
उहाँहरू जीवनमा थाक्दै जानुभयो।
तर कुरा यतिमै सकिँदैन।
तपाईं जब युवा हुनुभयो,
साथीहरू आए।
साथीभाइ—जसले तपाईंको कमजोरी ढाकिदिए।
कसैले तपाईंको तिक्त शब्दलाई “उहाँ रिसाएको मात्रै हो” भनेर सम्हालिदिए।
कसैले तपाईंको गल्तीलाई भीडमा फैलिन दिएन।
कसैले तपाईंको असफलतालाई हाँसोको विषय बन्न दिएन।
उहाँहरू पनि इरेजर थिए।
साँचो साथी त्यो होइन जो गल्ती नदेखोस्,
साँचो साथी त्यो हो—
जो गल्ती देखेर पनि तपाईंलाई एक्लो नछोडोस्।
र त्यसपछि‘
जीवनले तपाईंलाई प्रेम दियो।
श्रीमान।
श्रीमती।
त्यो सम्बन्ध—
जहाँ दुई मान्छे एक–अर्काको कापी पढ्छन्।
त्यहाँ कति गल्ती हुन्छन्१
अन्जानमा बोलेका कठोर शब्दहरू।
बिर्सिएका वाचा।
ढिला फर्किएको साँझ।
अनावश्यक शंका।
यदि त्यहाँ इरेजर नहुन्थ्यो भने,
कति सम्बन्ध चिरिन्थे होला
तर श्रीमान कहिलेकाहीँ इरेजर बन्छन्—
“ठिक छ, म बुझ्छु‘” भनेर।
श्रीमती कहिलेकाहीँ इरेजर बन्छिन्—
“माफ गर, फेरि यस्तो हुँदैन‘” भनेर।
दुवैले गल्ती पूर्ण रूपमा मेटाउँदैनन्,
तर एक–अर्काको मनमा परेको गहिरो रेखालाई नरम बनाइदिन्छन्।
त्यो नै इरेजर हुनु हो।
इरेजर केवल गल्ती मेटाउने वस्तु होइन।
इरेजर त्यो मन हो—
जो रिसभन्दा ठूलो हुन्छ।
जो अहंकारभन्दा विनम्र हुन्छ।
जो निर्णयभन्दा प्रेमलाई रोज्छ।
तर याद राख्नुहोस्—
इरेजर हुनु सजिलो छैन।
म घिस्रिन्थेँ।
म सानो हुँदै जान्थेँ।
अन्ततः हराउँथेँ।
मानिस इरेजर बन्दा पनि त्यही हुन्छ—
उहाँहरू आफ्नै अहंकार गलाउँछन्।
आफ्नो समय त्याग्छन्।
आफ्नो आराम छोड्छन्।
कहिलेकाहीँ आफ्नै प्रतिष्ठा पनि जोखिममा राख्छन्।
जीवनमा स्थायी इरेजर छैन,
किनकि जीवनले जिम्मेवारी सिकाउन चाहन्छ।
यदि सबै गल्ती सजिलै मेटिन्थे भने—
मानिसहरू गल्तीको गम्भीरता बुझ्दैनथे।
सम्बन्धहरू खेलजस्तो बन्थे।
संस्कार कमजोर हुन्थे।
त्यसैले जीवनले स्थायी इरेजर दिँदैन।
तर जीवनले हामीलाई अवसर दिन्छ—
अरूका लागि इरेजर बन्ने।
आज तपाईं आफैँ सोच्नुहोस्—
के तपाईं कसैका लागि इरेजर बन्नुभएको छरु
सन्तानको गल्ती ढाकेर सुधार्ने आमारु
परिवारको इज्जत जोगाउने बुबारु
साथीको कमजोरी लुकाएर उभ्याउने मित्ररु
श्रीमतीको आँसु पुछेर माफी दिने श्रीमानरु
श्रीमानको असफलतामा साथ दिने श्रीमतीरु
त्यो सबै‘
इरेजर नै हो।
म इरेजर हुँ।
म कापीमा घिस्रिएँ।
तर तपाईंको जीवनमा मानिसहरू मनमा घिस्रिए।
म धुलो भएँ।
उहाँहरूको त्याग मौन भयो।
तर परिणाम एउटै थियो—
तपाईं सुधारिनुभयो।
तपाईं बलियो हुनुभयो।
तपाईं परिपक्व हुनुभयो।
आज यदि तपाईं जीवनको कापीमा स्थायी मसीले लेखिरहनुभएको छ भने,
नडराउनुहोस्।
गल्ती हुनेछ।
तर तपाईं एक्लो हुनुहुन्न।
कसैको मन अझै पनि तपाईंको लागि इरेजर बन्न तयार छ।
र तपाईं पनि कसैका लागि बन्न सक्नुहुन्छ।
म इरेजर हुँ।
म सानो हुन्छु,
घिस्रिन्छु,
हराउँछु।
तर जबसम्म कसैले कसैलाई माफी दिन्छ,
सुधारको अवसर दिन्छ,
प्रेमलाई रिसभन्दा ठूलो बनाउँछ—
म जीवित रहन्छु।
मलाई खोज्नुहोस् कापीमा होइन,
मानिसको हृदयमा।

त्यहीँ म सधैं छु।

‘इरेजर म’

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका