बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

गौतमबुद्ध सन्देश

भैरहवा, २ फागुन। स्वर्गीय शिव प्रसाद ज्ञवालीको स्मृतिमा उहाँका छोरा प्रमोद ज्ञवालीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री भानु माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ।
सिद्धार्थनगर–९ निवासी प्रमोद ज्ञवालीले शुक्रबार विद्यालयमा ५४ हजार रुपैयाँ राशिको अक्षयकोष स्थापना गर्नुभएको प्रधानाध्यापक मोतीलाल सुवेदीले जानकारी दिनुभयो। उक्त अक्षयकोषबाट प्राप्त ब्याज रकम विद्यालयको शैक्षिक गतिविधि तथा आवश्यकता अनुसार प्रयोग गरिने जनाइएको छ।
गुल्मी जिल्लाको साविक दौघा गाविस (हाल छत्रकोट गाउँपालिका–६) मा जन्मनुभएका शिव प्रसाद ज्ञवालीको २०८२ माघ १८ गते ६८ वर्षको उमेरमा निधन भएको थियो। उहाँ सिद्धार्थनगर नगरपालिका–९ मा परिवारसहित बसोबास गर्दै आउनुभएको थियो।
स्वर्गीय ज्ञवालीका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ। परिवारले उहाँको स्मृतिलाई दीर्घकालसम्म जोगाइराख्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको जनाएको छ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका