बुटवल, माघ २९ । रुपन्देही उद्योग संघमा आवद्ध फर्निचर उद्योगीहरुको भेलाले बिहिबार फर्निचर वस्तुगत समिति गठन गरेको छ । संघमा आवद्ध विभिन्न वस्तुगत उद्योगीहरुको भेलाबाट छुट्टाछुट्टै वस्तुगत समिति गठन गर्ने वार्षिक कार्ययोजना बमोजिम फर्निचर वस्तुगत समिति गठन गरिएको हो । संघका प्रथम उपध्यक्ष एवम् कार्यक्रम संयोजक हरि बहदुर खत्रीको अध्यक्षतामा आयोजित भेलामा संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । भेलालाई सम्बोधन गर्नुहुदै संघका अध्यक्ष पराजुलीले विभिन्न प्रकृतिका उ्रद्योगहरुका समस्यालाई एकीकृत गर्ने र समस्या समाधानका लागि संघबाट पहल गर्न सहज हुने हुँदा संघमा आवद्ध उद्योगीहरुको प्रकृति अनुसार छट्टाछुट्टै भेलाको आयोजना गरी आ—आफ्ना क्षेत्रका अनुभव र समस्याहरुलाई संघसम्म ल्याई पुरयाउन विगत लामो समयदेखि वस्तुगत समिति गठन गर्ने कार्यक्रम जारी रहेको बताउनु भएको थियो । वहाँले संघका गतिविधिहरुलाई सफल बनाउन वस्तुगत समितिहरुको क्रियशिलता र जिम्मेवारी अत्यन्तै ठूलो रहेको समेत बताउनु भएको थियो । फर्निचर उद्योगीहरुको भेलाले के एण्ड के फर्निचरका काशिराम पोखरेलको संयोजकत्वमा ७. सदस्यीय फर्निचर वस्तुगत समिति गठन गरेको छ । गठित समितिको सहसंयोजकमा गणेश फर्निचरका अग्नी अग्रहरी , सचिवमा प्रतिक फर्निचरका मनोज आचार्य,सदस्यहरुमा चौधरी फर्निचरका पृथ्वीराम चौधरी ,कुमारी फर्निचर उद्योगका पिताम्बर राना,सुपा देउराली फर्निचरका देवेन्द्र शर्मा,शिवशक्तिm फर्निचरका बृजमान चौधरी रहनु भएको छ । भेलाले समितिको सल्लाहकारहरुमा संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले,प्रथम उपाध्यक्ष हरिबहादुर खत्री,सचिव अशोक कुँवर, संघका सल्लाहकार सुरेन्द्र ज्ञवाली कार्यसमिति सदस्य तेज प्रसाद पराजुली र नमस्ते फर्निचरका नेत्र रुचाललाई चयन गरेको छ । भेलामा प्रतिवद्धता मन्तव्य राख्दै काशिराम पोखरेलले आफुलाई विश्वास गरी संयोजकको जिम्मेवारी दिनु भएकोमा रुपन्देही उद्योग संघ तथा काशिराम पोखरेल फर्निचर उद्योगीहरु प्रति आभार व्यक्त गर्दै फर्निचर उद्योग संचालनमा आएका कठिनाईहरुलाई समाधानका लागि सम्बन्धित निकायमा पहलका लागि रुपन्देही उद्योग संघ मार्फत क्रियाशिल रहने भनाई व्यक्त गर्नु भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सचिव अशोक कुँवरको संचालनमा सम्पन्न भेलामा संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले शुभकामन मन्तव्य दिनु भएको थियो । संयोजक काशिराम पोखरेल स्वागत गर्नुहुँदै कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । भेलामा संघका कोषाध्यक्ष बिशाल बेलबासे,कार्य समिति सदस्य सतिष सापकोटा एवम् फर्निचर उद्योगीहरुको उपस्थिति रहेको थियो ।









