नमुना खेल सप्ताह–२०८२ सुरु

तीन दिनसम्म ३२ विधामा प्रतिस्पर्धा हुने
गौतमबुद्ध सन्देश

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, बेवरीस्थित नमुना ईंग्लिश बोर्डिङ स्कुलमा बुधबारदेखि ‘नमुना खेल सप्ताह–२०८२ सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने खेल सप्ताहअन्तर्गत विद्यार्थीहरूबीच विभिन्न ३२ विधाका खेलकुद प्रतियोगिता आयोजना गरिने विद्यालयले जनाएको छ ।
अतिरिक्त क्रियाकलाप सम्योजक नारायणी काफ्लेका अनुसार खेल सप्ताहमा क्रिकेट, फुटबल, भलिबल, टेबल टेनिस लगायतका मुख्य खेलसँगै एथलेटिक्स र अन्य विविध खेल विधाहरू समावेश गरिएको छ। विद्यार्थीको शारीरिक तथा मानसिक विकासलाई लक्षित गर्दै विविध खेल गतिविधि समेटिएको उनले बताइन ।
कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुम बहादुर बयम्बुले खेलकुद सामग्री हस्तान्तरण तथा चार समुहका झन्डा वितरण गरेका थिए। सो अवसरमा खेलकुद सप्ताहको लोगो समेत सार्वजनिक गरिएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बयम्बुले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने बताउँदै विद्यालयले शैक्षिक उत्कृष्टतासँगै खेल क्षेत्रमा पनि पहिचान बनाउने लक्ष्य लिएको उल्लेख गरे। “पुस्तकको ज्ञानसँगै खेलकुदको अभ्यासले विद्यार्थीलाई समग्र व्यक्तित्व विकासतर्फ डोर्याउँछ,” उनले भने, “नमुना विद्यालयको पहिचान केवल नतिजामा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि देखिनुपर्छ।”
विद्यालयका प्राचार्य कमल कोइरालाले खेल सप्ताहलाई विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत विशेष महत्वका साथ आयोजना गरिएको जानकारी दिए। उनले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना र आत्मविश्वास अभिवृद्धि गर्न खेलकुद प्रभावकारी माध्यम भएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित र स्तरीय प्रतियोगिता सञ्चालन गरिने प्रतिबद्धता जनाए।
खेल सप्ताहमा कक्षा अनुसार चार समुह विभाजन गरी प्रतिस्पर्धा गराइनेछ। उत्कृष्ट प्रदर्शन गर्ने समुह तथा खेलाडीलाई समापन समारोहमा पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ।
विद्यालय परिसरमा उत्साहपूर्ण वातावरणबीच सुरु भएको खेल सप्ताहले विद्यार्थी, शिक्षक तथा अभिभावकमा समेत सकारात्मक ऊर्जा थपेको देखिएको छ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका