एसियन बुद्ध होटलमा गजल साँझ : थानेश्वर गौतमसँग झुम्मिए दर्शक

गौतमबुद्ध सन्देश

भैरहवा, २४ माघ । रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा शुक्रबार गजल साँझ कार्यक्रम सम्पन्न भएको छ । साहित्य तथा संगीतप्रेमीहरूका लागि आयोजना गरिएको उक्त कार्यक्रममा लोकप्रिय गजल गायक तथा संगीतकार थानेश्वर गौतमले आफ्ना चर्चित गजल प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो ।

कार्यक्रममा गौतमले ‘बेचेर सपना मैले रात किनेको छु’, ‘तिम्रा यादहरू मलाई भेटेर जान्छन्’, ‘नखरा धेरै भो’ लगायतका चर्चित गजल गाउनुभएको थियो । उहाँका गजलमा उपस्थित दर्शकहरूले स्वर र नृत्यमार्फत साथ दिँदा कार्यक्रम झनै जीव्त बनेको थियो ।

साहित्य, संगीत र सद्भावको माध्यमबाट सबैलाई एकै स्थानमा जोड्ने उद्देश्यसहित गजल साँझ आयोजना गरिएको एसियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डेले जानकारी दिनुभयो । होटललाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण शुभेच्छुक, ग्राहक तथा साझेदारप्रति आभार व्यक्त गर्न यो विशेष साँझ आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमको उद्देश्य आपसी चिनजान बढाउने, सम्बन्ध विस्तार गर्ने र भविष्यमा अझ सुदृढ सहकार्यको वातावरण सिर्जना गर्नु रहेको पाण्डेले उल्लेख गर्नुभयो । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँको भनाइ छ ।

होटलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशान्त त्रिपाठीका अनुसार कार्यक्रममा करिब २५० जनाको उपस्थिति रहेको थियो । सिद्धार्थनगर नगरपालिका–८ बसडिलवामा अवस्थित चारतारे एसियन बुद्ध होटलले साप्ताहिक सरसफाइ कार्यक्रमसँगै विभिन्न सामाजिक उत्तरदायित्वका गतिविधिहरू गर्दै आएको होटलका अपरेशन म्यानेजर जे.पी. सुवेदीले जानकारी दिनुभयो ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका