स्वगिर्य बुवाको सम्झना महानिरिक्षक कार्कीद्धारा विद्यालयमा अध्यक्षकोष

गौतमबुद्ध सन्देश

गुल्मी, माघ । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
मालिका गाउँपालिका वडा नम्बर–७ घमिरमा रहेको देविस्थान माध्यामिक विद्यालयमा आफ्रनो स्वर्गिय बुवा कृष्ण बहादुर कार्कीको नाममा रु.५ लाखको अध्यक्षकोष महानिरिक्षक कार्कीले स्थापना गरेका हुन ।
यो अक्षयकोषबाट प्राप्त ब्याजबाट बार्षिकरुपमा स्कुलमा अध्ययनरत दुईजना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने स्कुलको व्यवस्थापन समितिका अध्यक्ष गोरखबहादुर अर्याल बताए ।
विद्यालयको ५४ औं बार्षिक उत्सव तथा अभिभावक दिवशको अवसरमा महानिरिक्षक कार्कीले अक्षयकोष स्थापना तथा विद्यालयलाई सूचना प्रवृद्धी संग जोड्नका लागि  डिजिटल स्मार्ट बोर्ड आफ्नी धर्मपत्नी तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्की द्धारा हस्तान्तरण गरेको   विद्यालयका प्राध्यानापक खिमबहादुर बुढाथोकीले जानकारी दिए ।
महानिरिक्षक कार्कीको बुवाको पहलमा वि.स. २०२८ सालमा स्थापना भएको यो स्कुल हाला कक्षा १२ सम्म (माध्यामिक तह) सम्म पढाई हुने गरेको छ ।
करिव ५ सय भन्दा बढि विद्यार्थीले अध्ययन गर्ने यो विद्यालयलाई सूचना प्रवृद्धि संग जोडन र विद्यार्थीहरुको मनोवल उच्च राख्न महानिरिक्षक कार्कीले गरेको पहल उच्च प्रशम्सनिय भएको विद्यालयको सुचना प्रवृद्धिक शिक्षक बुद्धिनाथ पाण्डेले बताए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका