चेम्बर अफ कमर्श रुपन्देहीले स्थापना दिवसमा सप्ताहब्यापी कार्यक्रम गर्ने

गौतमबुद्ध सन्देश

भैरहवा, १४ माघ । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) विभिन्न कार्यक्रम गरी आफ्नो १९ औं स्थापना दिवस मनाउने भएको छ । २०६३ साल माघ २२ गते स्थापना भएको संस्थाले स्थापना दिवसको पूर्व संध्यामा विभिन्न कार्यक्रम गर्ने भएको हो ।

संस्थाका अध्यक्ष सचिन रोक्काले सप्ताहव्यापी कार्यक्रम गरी दिवस मनाइने जानकारी दिनुभयो । अध्यक्ष रोक्काका अनुसार माघ १६ गते भैरहवाको डाडागाउँस्थित युनिक बैंक्वेटमा बिहान ८ बजेदेखि योगा तथा ध्यान कार्यक्रम गरिनेछ । यो कार्यक्रमको संयोजक कार्यसमिति सदस्य सिकन्दर अली हुनुहुन्छ ।

त्यस्तै माघ १७ गते मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । सिद्धार्थनगर नगरपालिका–९ स्थित उदयपुरमा बिहान ७ः३० बजेदेखि प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको संयोजन कार्यसमिति सदस्य शिवम जयसवालले गर्नुहुनेछ ।
माघ १८ गते सामाजिक सेवा अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा सामग्री हस्तान्तरण गरिने संस्थाको महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो ।

माघ १९ मा ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्धा आश्रममा खाद्यान्न सामग्री वितरण गरिनेछ । यो कार्यक्रमको संयोजन संस्थाका सचिव गौतम कुमार गुप्ताले गर्नुहुनेछ ।

माघ २० गते सिद्धार्थनगर नगरपालिका–९ स्थित संस्थाको सभाहलमा बिहान १०ः३० बजेदेखि माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ । यो कार्यक्रमको संयोजन कोषाध्यक्ष धिरज कुमार मल्लिकले गर्नुहुनेछ । उक्त प्रतियोगितामा ११ वटा विद्यालयको सहभागीता रहने महासचिव अधिकारीले जानकारी दिनुभयो ।

माघ २१ गते प्रभातपथदेखि उदयपुरसम्म सरसफाई कार्यक्रम आयोजना गरिने र उक्त कार्यक्रमको संयोजन कार्यसमिति सदस्य अब्दुल कैयुमले गर्नुहुनेछ ।

माघ २२ गते स्थापना दिवस तथा सम्मान कार्यक्रम संगठनको सभाहलमा गरिने महासचिव लक्ष्मी अधिकारीले जानकारी दिनुभयो।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका