सिद्धार्थ सञ्जालका अध्यक्ष ज्ञवालीको प्रश्न– ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन कसले रोक्यो ?’

गौतमबुद्ध सन्देश

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित उडान प्रणालीमा थप समस्या देखिएको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले गम्भीर चिन्ता व्यक्त गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन कसले रोक्यो भन्ने विषयमा गम्भीर हुनुपर्ने बताए ।

ज्ञवालीले थाइ एयरले हाल हप्तामा दुई दिन मात्रै उडान सञ्चालन गरिरहेको तर अप्रिलदेखि उडान बन्द हुने सम्भाव्यताले विमानस्थलको भविष्यप्रति शंका बढाएको बताएका छन् । उनले भने– ‘सञ्जाल सहित यहाँका संघसंस्थाहरुले विगतमा विमानस्थलको नियमित सञ्चालनका लागि धेरै प्रयास गर्यौ। अहिले थाइ एयरले हप्तामा दुई दिन मात्रै उडान गरिरहेको छ, तर अप्रिलदेखि नचल्ने कुरा चिन्ताको विषय बनेको छ । यस्तो अवस्था कसले चाहेको हो ? विमानस्थलको नियमित सञ्चालन कसरी सुनिश्चित गर्ने भन्ने विषयमा गम्भीर सोच्नुपर्ने बेला आएको छ ।’

ज्ञवालीले विमानस्थल सञ्चालनमा विभिन्न अवरोध देखिएको उल्लेख गर्दै टिकटिङ, मेनपावर, श्रम स्वीकृति, एनओसी लेटर र मेडिकलसम्बन्धी समस्याहरू उस्तै रूपमा रहेको बताए । उनले यी समस्याले उडान नियमित रूपमा सञ्चालन हुन नदिएको दाबी पनि गरेका छन् । ‘काठमाण्डौको मिलेमतोमा मात्र उडान सञ्चालन भइरहेको आरोप पनि लागिरहेको छ,’ ज्ञवालीले भने, ‘कुन तत्वले विमानस्थलको उडान रोकिरहेको छ भन्ने पत्ता लगाउनु आवश्यक छ ।’ उनीले आन्तरिक उडानहरू पनि सीमित ठाउँमा मात्रै सञ्चालनमा रहेको बताउँदै आन्तरिक उडान सबै स्थानमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । ज्ञवालीले यस विषयमा सम्बन्धित सरकारी निकाय र राज्यले गम्भीर रूपमा ध्यान दिनुपर्नेमा जोड दिए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका