भैरहवा । भैरहवामा एमजी ब्रान्डको आईएम सिक्स मोडलको इलेक्ट्रिक कार बिक्रि सुरु गरिएको छ । भैरहवाको लागी आधिकारीक वितरक थ्री एचएल प्रा.लि.ले सोमबारदेखि बिक्रि शुभारम्भ गरेको हो । साथै भैरहवामा बिक्रीका लागि बुकिङ्ग समेत सोमवारदेखि खुल्ला गरेकोे अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए । गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको उनले बताए ।
नेपालका लागी आधिकारीक वितरक प्यारामाउन्ट मोटर्सले गत साउनमा काठमाण्डौमा यो गाडी सार्वजनीक गरेको थियो । ‘इन्टेलिजेन्ट इन मोसन’ प्लेटफर्ममा आधारित यो मोडेल ७५ किलोवाट ब्याट्रीसहित आएको हो, जसले एकपटकको पूर्ण चार्जमा करिब ४५० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीका विक्रि प्रबन्धक विपुल भट्टराईले जानकारी दिए । गाडीमा १०९ किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ भने एडिएएस प्रविधिसहित लेन असिस्ट, अटोमेटिक ब्रेकिङ, क्रुज कन्ट्रोललगायतका सेफ्टी फिचर समावेश भएको उनले बताए । साथै, ६ वटा एयरब्याग, डिजिटल डिस्प्ले, ठूलो टचस्क्रिन र फास्ट चार्जिङ सपोर्ट लगायतका सुविधाहरु पनि रहेको उनले बताए ।
कम्पनीका अनुसार आईएम–६ आधुनिक डिजाइन, उन्नत प्रविधि र उच्च सेफ्टी फिचरसहित नेपाली बजारका लागि नयाँ विकल्पका रूपमा ल्याइएको हो ।
भैरहवामा एमजी ब्राण्डको ‘आईएम सिक्स’ गाडीको बिक्रि सुरु

गौतमबुद्ध सन्देश








