व्यवसायीका समस्या समाधानबारे छलफल

गौतमबुद्ध सन्देश

भैरहवा । सिद्धार्थ सञ्जाल रुपन्देहीले नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री  ओमप्रकाश अर्याल तथा भैरहवा भन्सार प्रमुख हरिहर पौडेलसँग व्यवसायीका समस्याका विषयमा छलफल गरेको छ ।
छलफलमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन, भैरहवा भन्सार कार्यालयसँग सम्बन्धित सहजीकरण, विशेष आर्थिक क्षेत्र (सेज) भित्र देखिएका समस्या समाधान तथा व्यापार सहजीकरणका विषयमा छलफल गरिएको सन्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले जानकारी दिनुभयो ।


कार्यक्रममा पर्यटन व्यवसायीमाथि लगाइएको भ्याट, सुनचाँदी व्यवसायीमाथि लगाइएको विलासिता कर हटाउनुपर्ने, भैरहवा बजारलाई चलायमान बनाउन खुला सीमाको व्यवस्थित व्यवस्थापन आवश्यक रहेको विषय उठान गरिएको थियो । साथै उद्योगी–व्यवसायीले भोग्दै आएका समग्र समस्याका बारेमा गम्भीर छलफल भएको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।
उद्योग, व्यापार र पर्यटन क्षेत्रको दिगो विकासका लागि नीतिगत सुधार र व्यवहारिक समाधान अपरिहार्य रहेको सहभागीहरूको भनाइ थियो ।

 

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका