कर्कलाको पात अनि शीतको थोपा

 गंगा लिगल

मानव जीवनलाई कर्कलाको
पातमा रहेको
शीतको थोपासंग
दाज्ने गरेको छ किनकी
यसरी रहेको शीतको थोपा
केही दिन मै खसेर नाश हुन्छ

शीतको थोपाको टल पलाहटलाई
मोतीको उदाहरण पनि दिइन्छ
किनकी यो मोती समान
सुन्दर पनि हुन्छ
त्यस्तै मानव जीवन पनि
अति सुन्दर र क्षणिक पनि हुन्छ

तर यो जीवनलाई क्षणिकको संज्ञा
दिएर त्यसै बहकिन
दिन हँुदैन
अनि निराशा पनि ल्याउन
दिन हँुदैन जस्ले गर्दा
जीवन, बेकारको हुन
नपुगोस्

तसर्थ हामी मानव जातिले
मनन गर्नु पर्दछ कि
यो जीवन क्षणिक भएर पनि
कति महत्वपूर्ण छ भनेर
हो ! कर्कलाको पातमा
भएको शीतलाई कसैले
महत्व दिदैनन

तर अनवरत दिल र दिमाग लगाई
ज्ञान चच्छुले नियाली हेरौ त
त्यो त अत्यन्त चोखो र
पारदर्शी छ
किनकी शीत छानिएर
मोतीको रुपमा

आफुलाई गर्वित र स्वाभिमानी
सत्य र पारदर्शी रुपमा
पाएर
मानिसले यस्लाई
आफ्नो जीवनसंग
दाज्ने गरेको छ ।

अझ कविको कलमको लागि त यो
सुन्दर हतियार नै हो
जस्ले संसार भरीको सौन्दर्यता
माधुर्यता यसै भित्र
लगानी गरेर
यसलाई विश्व सुन्दरीको
शिरपेच बनाई
कला युक्त तरिकाले
प्रस्तुत गर्न पूर्ण
सफल भएको हुन्छ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका