शहिद स्मृति पुस्तकालयमा नयाँ समिति चयन

गौतमबुद्ध सन्देश

भैरहवा । शहिद स्मृति पुस्तकालयको १३ औं बार्षिक साधारण सभा तथा नवौं अधिवेशनले गोपाल प्रसाद अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
शनिवार भएको अधिवेशनबाट सर्वसम्मत गठन भएको समितिमा शारदादेवी काफ्ले उपाध्यक्ष, रामप्रसाद घिमिरे सचिव, धर्मराज शर्मा अधिकारी कोषाध्यक्ष र भिष्मा ज्ञवाली पोखरेल सहसचिव रहनु भएको छ । सदस्यहरुमा सुरेश रविदास, तुल्सीराम ढकाल, धर्मराज नेपाल, लिलाधर पौडेल, उपेन्द्र गौतम र ज्ञानधारा ज्ञवाली निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक विजय सागर श्रेष्ठले शपथ ग्रहण गराउनुभएको थियो ।
त्यसअघि साधारण सभामा पेश भएको बार्षिक तथा आर्थिक प्रतिवेदन पारित भएको थियो । साधारण सभाको उद्घाटन समारोहमा बोल्दै पुस्तकालयका संरक्षक दीर्घराज काफ्ले, अक्षय कोषका संस्थापक गोविन्द वल्लभ भट्ट, सल्लाहकार बाबुराम केसी, मिना बलाल क्षेत्रीलगायतले बोल्दै शहिद स्मृति पुस्तकालय सिद्धार्थनगरको साझा गहना भएको बताउनुभयो ।
कार्यक्रम निवर्तमान अध्यक्ष रुद्र ज्ञवालीको अध्यक्षता तथा उपाध्यक्ष गोविन्द प्रसाद नेउपानेको संचालनमा सम्पन्न भएको थियो ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका