बुटवल, २४ पौष । आफ्नो वार्षिक कार्यतालिका अन्तरगत रुपन्देही व्यापार संघले आफुसंग आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्य अनुसार वस्तुगत भेलालाई तिब्रता दिएको छ । यसैक्रममा विहिवार संघमा आवद्ध औषधि तथा क्याम्सन व्यावसायीहरुको छुट्टाछुटै भेला सम्पन्न भएको छ । भेलाले राजकुमार श्रेष्ठको संयोजकत्वमा १४ सदस्यिय औषधि वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको भेलाले गठन गरेको उपसमितिको सह–संयोजकमा निरु पैनी, सचिवमा अमृता भण्डारी, कोषाध्यक्षमा लेखनाथ न्यौपाने र सह–सचिव प्रकाश क्षेत्री रहनु भएको छ । यसैगरि सदस्यहरुमा प्रेमप्रसाद पौडेल, शेषकान्त पोखरेल, ज्ञानु पुन, भक्तप्रसाद शर्मा, उमेशचन्द्र आचार्य, बालकृष्ण पौडेल, डासीराम मरासिनी, सृजना अर्याल, शंकर वराल रहनु भएको छ । यसैगरि यदुमणि पोखरेलको संयोजकत्वमा ९ सदस्यीय क्याम्सन वस्तुगत उपसमिति गठन गरिएको छ । जसको सह–संयोजकमा राजिव गौतम, सचिवमा रविन्द्र कु“वर, कोषाध्यक्षमा सुनिल बेल्वासे, सह–सचिवमा सुरेश पन्थी तथा सदस्यहरुमा कृष्ण अर्याल, शंकरप्रसाद पाण्डे विरेन्द्र सिंह लिम्बु, मेघनाथ गौतम रहनु भएको छ । सल्लाहकारमा विजय खनाल, दिपक भट्टराई, दिपक खनाल, ऋषिराम अर्याल, कृसन प्रसाद पाण्डे रहेको संघले जनाएको छ । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले पेशागत मर्यादा र उपभोक्ताहरुको चाहानालाई ध्यानमा राखेर व्यवसायलाई अगाडी बडाउन सकेमा त्यसले प्रतिफल दिने बताउदै संस्थागत हित र संस्थाको सुदृढिकरणका लागि आआफ्नो ठाउबाट भूमिका खेल्न आग्रह गर्नु भयो । उहाले संस्था कसैको नीजि सम्पत्ति नभएर सबैका साझा चौतारी भएको हुदा संस्थाको उद्देश्य र लक्ष्य प्राप्तीका लागि सबै सदस्यलाई जिम्मेवारी भएर लाग्न अनुरोध गर्नु भयो । भेलामा संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डे, महासचिव प्रकाशराज पौडेल, महिला सचिव वृन्दा भट्टराई आचार्य, कार्यसमिति सदस्य शोभाकुमारी जोशी क्षेत्री, मनिराम खनाल (मणि), माधवप्रसाद ज्ञवाली, सरोज ज्ञवाली, जिवन काफ्ले, तेजेन्द्र सापकोटा, नारायण बस्याल, धर्मदत्त ज्ञवाली लगायतले उपसमितिको सकृयता र क्रियाशिलताले नै संघ चलायमान हुने हुदा उपसमितिलाई व्यवसायीक गतिविधि गर्न सुझाव दिनु भएको थियो । संघका सह–सचिव तथा वस्तुगत उपसमिति गठन तथा पुर्नगठनका संयोजक नलराज नेपालले सबै व्यवसायीहरुलाई एकताबद्ध भएर व्यवसायीका समस्या र आवश्यकताहरुको पहिचान गरी त्यसको समाधान गर्न लाग्नुपर्नेमा जोड दिनु भयो । औषधि वस्तुगत उपसमितिका संयोजक कपिल ज्ञवाली र क्याम्सन वस्तुगत उपसमितिका संयोजक दिपक खनालको अध्यक्षता, निरु पैनीको संचालनमा सम्पन्न भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य केदार नेपालले स्वागत गर्नु भएको थियो ।









