भैरहवा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) सिद्धार्थनगरले विद्यालय स्तरिय लोक नृत्य प्रतियोगीता –२०८२ सम्पन्न गरेको छ ।
सोमबार भैरहवामा सम्पन्न प्रतियोगीतामा मूनलाईट से.स्कुलले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै सनसाइन आ.मा.वि.ले द्धितीय र काशी नोबल एकेडेमीले तृतीय स्थान हासिल गरे । आदर्श विद्या मन्दिर र पश्चिमान्चल हाई स्कुललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यालयहरु जिल्ला स्तरिय लोक नृत्य प्रतियोगिताको लागि छनौट भएको अध्यक्ष उदयकुमार मल्लिकले जानकारी दिए । प्रतियोगीतामा ११ वटा विद्यालयले सहभागीता जनाएका थिए ।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता तथा जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रतिमा कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली, पूर्व बरिष्ठ उपाध्यक्ष एवम सल्लाहकार डा. ज्ञानेदेव हटुवाल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयबाट प्रीन्सिपल, भाईस प्रीन्सिपल, अध्यक्ष, प्रबन्ध निर्देशक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
प्रतियोगीताको निर्णायकमा अनु रजक र श्री थापा रहेका थिए । सचिव सृजना पाठकको सञ्चालन तथा प्याव्सन रुपन्देहीका सदस्य निकेशदेव हटुवालको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।








