भैरहवा । बुद्धजन्मस्थल लुम्बिनी भ्रमणमा आएका म्यानमारका एक भिक्षुको भैरहवा स्थित सिद्धार्थनगर सिटि हस्पिटलमा डाइलाइसिस गरीएको छ ।
लुम्बिनीमा २० हजार सालको बिरुवा रोप्ने उदेश्यले नोभेम्बर १४ देखि ३० सम्म नेपाल आएका भिक्षुहरुको टोलीमा रहेका ९२ वर्षिय भिक्षु भेनेवल अचिन्ना (पा–उक–स्याड्व) को डायलाइसिस गरिएको हो । उनले लुम्बिनी यात्राको क्रममा पाँच पटक सफलतापुर्वक डायलाइसिस सेवा प्रदान गरेकोमा खुसी व्यक्त गर्दै गुणस्तरिय सेवाको लागी धन्यवाद दिए ।
धम्मदायाद ध्यानकेन्द्रको प्राविधिक सहयोगमा उनको डायलाईसिस गरिएको थियो । उनको स्वास्थ्यको संवेदनसिलतालाई ध्यानमा राखी हस्पिटलमा रहेको इन्टरनेशनल युनिट बाट सेवा प्रदान गरिएको हस्पिटलले जनाएको छ ।
हस्पिटलले दैनिक डायलाइसिस सेवा प्रदान गर्र्दै आइरहेको छ । एउटै छानामुनी सबै सुविधा उपलब्ध रहेको र गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको हस्पिटलको दावी छ । विदेशी नागरिकहरु पनि निसंकोच स्वास्थ्य सेवा लिनको लागी हस्पीटलले आग्रह गरेको छ ।








