संसद पुनर्स्थापनाको विकल्प छैनः सुर्य थापा

गौतमबुद्ध सन्देश

भैरहवा । नेकपा एमालेका पोलिटब्युरो सदस्य सुर्य थापाले संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देही शाखाले भैरहवामा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले सर्वाेच्च अदालते संवैधानीक परिक्षणका लागी सुनुवाई गर्ने बताउँदै संविधानमा संसद पुनर्स्थापना बाहेक अर्काे विकल्प नभएको बताए । उनले प्रतिनिधिसभाको पुनर्स्थापना गरी सर्वदलीय, सर्वपक्षिय सरकार बनाएर आवश्यक संविधान संसोधन गरेर पर्यो भने अर्ली निर्वाचनमा जान सकिने बताए । ‘भ्रष्टाचार नियन्त्रण, शुसासन सँग सम्बन्धीत कानुनहरु जुन संसदका विभिन्न समितिमा अल्झीएर बसेका छन् तिनलाई पारित गर्ने र यो सबै कुराहरु गरेर जाने स्थिति सिर्जना गर्नुपर्छ ।’– उनले भने ।
सरकारले फागुन २१ मा निर्वाचनको मिति तोके पनि निर्वाचन हुने वातावरण नभएको उनले बताए । १८ वटा हिमाली जिल्लामा फागुन महिनामा चुनाव हुनै नसक्ने बताउँदै कति वटा चरणमा चुनाव गर्ने भन्ने विषयमा प्रश्नचिन्ह खडा भएको बताए । उनले कहिले चुनाव हुन्छ भन्ने पनि कुनै ध्यान पुर्याउन नसक्नेहरुले चुनावको मिति तोकेको आरोप लगाए । उनले चुनावमा जानका निम्ती पार्टि दर्ता गरेर मात्र नपुग्ने बताए । ‘१२ सय हातहतीयार बाहिर अपराधीका हातमा छन्, एक लाख गोलिगठ्ठा बाहिरै छन्, छ हजार भन्दा बढी अपराधिहरु जेलबाट फरार भएर बाहिरै छन् तीनिहरुलाई जेलमा फर्काउने हतियार सुरक्षाकर्मीको हातमा फर्काउने, गोलिगठ्ठा फर्काउने र निर्वाचनको वातावरण तयार छ भनेर आस्वस्त पार्ने काम यो सरकारले गर्न सक्दैन र गर्दैन’– उनले भने ।
उनले सुसीला कार्कीको सरकारलाई विदाई गरेर यो गर्न सक्ने सार्वभौम संसदले निर्माण गरेको उत्तरदायि सरकारले निर्वाचनको वातावरण गरेर निर्वाचनमा जानुपर्ने बताए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका