गजल

निरन्जन अधिकारी

प्रेमको अन्तिम प्रश्न: के नाम भयो ?
बाचा-कसम तोडिएपछि प्रेमको नाम के रहन्छ ?

ओहो! साँचो प्रेम, किन यो बदनाम भयो,
बाचा-कसम तोड्यौ, सखि, के नाम भयो।

सँगै मर्ने, सँगै बाँच्ने, तिम्रो के साम* भयो ?
कसरी आज त्यो सम्बन्ध बेनाम भयो।

फाटेको थिएन मन, तिमी त स्वच्छन्द चङ्गा थियौ,
मिठो भावना आज किन गुमनाम भयो।

प्रेमकथा सुन्दा सारा जगत दु:खी भो,
शीतल चन्द्रमा पोल्ने घामझैँ इल्जाम भयो।

जीवन दियौँ उपहार, बलिदानको अर्थ के?
मायालाई पाप ठान्यौ, प्रेम अन्जाम भयो।

सम्झौतामा सान्त्वना खोज्यौ, संसार भत्काएर,
तिम्रो र मेरो भेट बस् एउटा पैगाम भयो ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका