गजल (मजदुर नेता स्व. कमल गौतमप्रति समर्पित)

कमल पोख्रेल " निश्छल"

अस्तव्यस्तता हटाउन खोज्दा एउटा तारा बिलाइ गयो
भ्रमको बादल फटाउन खोज्दा एउटा तारा बिलाइ गयो

चम्किलो नक्षत्र त्यस्तो कहाँ पाउनु यो दुनियाँमा
सुन्दर दुनियाँ बसाउन खोज्दा एउटा तारा बिलाइ गयो ।

भ्रमित पार्ने खेल यहाँ देखिन्छन् यहाँ गज्जबका
उद्योगलाई बचाउन खोज्दा एउटा तारा बिलाइ गयो ।

श्रमिक मजदुरको एउटा भरपर्दो सारथी थियो
सरकारलाई गलाउन खोज्दा एउटा तारा बिलाइ गयो

सत्यताको मार्ग उसको जीवनपर्यन्त रहिरह्यो
दीन दुखीलाई हँसाउन खोज्दा एउटा तारा बिलाई गयो ।

बोल्दा बोल्दै ढल्यो ऊ अँह फेरि उठेन ऊ
सत्य के हो बताउन खोज्दा एउटा तारा बिलाई गयो ।

भैरहवा

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका