भिनाजुले गरे गोली हानेर सालीको हत्या

गौतमबुद्ध सन्देश

विराटनगर, असार ३० । सुनसरीमा एक युवतीको गोली हानी हत्या भएको छ।  सोमबार बिहान हरिनगर गाउँपालिका -६ महरम चोकमा १८ वर्षीय युवतीको गोली हानी हत्या भएको हो।

बिहान करिब २:३० बजेतिर भएको उक्त घटनामा हरिनगर-६ निवासी गफार मियाँकी छोरी अरसी खातुनको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका  प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, अरसीलाई उनका जेठा  भिनाजु भारतको पत्रहा पंचायत वडा नं. १६ घुर्ना बस्ने २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरेका हुन्।

घटनालगत्तै गोली प्रहार गर्ने अजाद  फरार भएका छन्।

प्रहरीका अनुसार, बिहान ३:४५ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे जानकारी प्राप्त भएको थियो।

घटनास्थल प्रहरी चौकी घुस्कीहाटबाट करिब २ किलोमिटर पूर्व-दक्षिणमा पर्छ। प्रहरीले फरार अजाद मियाँको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका सम्पूर्ण कार्यालयबाट प्रहरी परिचालन गरेको जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट सानो हतियारमा लाग्ने एउटा नपड्केको गोली फेला परेको छ। शव पोस्टमर्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका