प्रचण्डले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

गौतमबुद्ध सन्देश

काठमाडौं, असार ३० । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दैछन्।

प्रतिनिधि सभाको आजको बैठकमा प्रचण्डले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने उनको सचिवालयले जानकारी दिएको हो।

प्रतिनिधि सभाको बैठकले आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा  सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।

आज मन्त्रीहरूसँगसांसदहरूले प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। जसअन्तर्गत सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्।

यस्तै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका