रुपन्देही–३ बाट अजय गुप्ताको उम्मेदवारी घोषणा

भैरहवा। रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनका लागि भैरहवाका उद्योगी अजय कुमार गुप्ताले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारीको घोषणा गरेका छन्।

रुपन्देहीको ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहाराको निधन पश्चात निर्वाचन आयोगले अगामी कार्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ ।

सिद्धार्थनगर नगरपालिका–३ का गुप्ताले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर आफु रैथाने युवा भएकोले क्षेत्रको विकासका लागि आफुले उम्मेदवारी दिने बताए।

‘अबको नेतृत्व रैथाने युवाको’ भन्ने नारासहित अघि बढेको बताउँदै उनले भैरहवामै जन्मिएर हुर्केको र यही माटोसँगको माया उम्मेदवारीको प्रेरणा भएको उल्लेख गरे।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुमा राजनीतिक बेवास्ता दोषी रहेको उनको भनाई छ। पर्यटन, कृषि, उद्योग, शिक्षा, रोजगार र क्षेत्र विस्तार उनको एजेण्डा रहेको छ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका