चुनावी सरगर्मी

रुपन्देही क्षेत्र नं. ३ मा कार्तिक १७ गते निर्वाचनको मिति घोषणा भएसँगै चुनावी सरगर्मी बढेको छ ।
कूलमणि ज्ञवाली

रुपन्देही क्षेत्र नं. ३ मा कार्तिक १७ गते निर्वाचनको मिति घोषणा भएसँगै चुनावी सरगर्मी बढेको छ । २०७९ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएपछि यो क्षेत्र रिक्त थियो । आयोगले मिति घोषणा गरेसँगै आगामी दुई बर्षका लागि उप निर्वाचन हुन लागेको हो । निर्वाचनमा ठुला दलसँगै नयाँ दलहरुले पनि गतिविधि बढाएका छन् । बिगतमा नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपाले पालैपालो यो क्षेत्रमा जित हात पारेका थिए । एमालेसँगको गठबन्धनबाट बोहराले तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणलाई हराएका थिए । त्यसअघि एमालेका घनश्याम भुसालले बोहरालाई हराएका थिए । बोहराको निधनपछि एमाले, राप्रपा, नेपाली काँग्रेस, रास्वपा र मधेश केन्द्रीत दलहरु उमेदवारको चर्चा तथा हारजितको दाउमा केन्द्रीत छन् । चुनावी माहौल सिर्जना हुँदै गएको छ ।

करिब दुई बर्ष अवधिका लागि भएपनि आफ्नो प्रतिनिधि छान्न मतदाता पनि आतुर छन् । पछिल्लो समय बोहराले चुनाव जितेपनि स्वास्थ्य समस्याले जनतासँग साक्षातकार हुन, यस क्षेत्रको विकास निर्माणमा अगुवाई गर्न र मतदातासँग सुखदुःख साट्न पाएनन् । भ्वाईस रेष्ट अर्थात नबोलेरै चुनाव जितेका बोहरा घाँटीको क्यान्सरका कारण कुनै सार्वजनिक कार्यक्रम, संसद बैठक र अन्य क्रियाकलापमा सहभागी हुन सकेका थिएनन् । त्यसैले मतदाताहरु विकास निर्माणको मुद्दा उठाउन, यस क्षेत्रका समस्या समाधानको पहलकदमी लिन सक्ने जनप्रतिनिधिको पर्खाईमा छन् । पहुँच पुग्ने र क्षमतावान नेतृत्व खोजिरहेको छ क्षेत्र नं. ३ ले । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन सकेको छैन । पर्यटन क्षेत्र धरासायी बनेको छ । आर्थिक समृद्धि हासिल हुन सकेको छैन । विकास निर्माणका मुद्धाहरु ओझेलमा परेका छन् । तसर्थ तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ । योग्य र सक्षम उमेदवारले चुनाव जितेर क्षेत्रीय विकास गर्न सक्नुपर्छ । त्यसका लागि शुरु भएको निर्वाचन प्रकृयामा सामेल हुन, भयरहीत वातावरणमा निष्पक्ष निर्वाचन गराउन हामी सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरौं ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका