भैरहवा, २२ असार ।
भैरहवामा १२ जना तेक्वान्दो प्रशिक्षकहरुले प्रशिक्षण लिएका छन् ।
भैरहवा तेक्वान्दो क्लब, सिद्धार्थनगरको आयोजनामा भैरहवामा असार १८ देखि २१ गतेसम्म सञ्चालन भएको थियो । क्लबका अध्यक्ष एकनारायण अर्याल (विष्णु) ले तेक्वान्दो प्रशिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।
शनिबार समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि.का सञ्चालक बसन्त रोक्का क्षेत्रीले भैरहवा तेक्वान्दो क्लबले प्रशिक्षकहरुलाई प्रशिक्षण दिएर अझ सबल र सक्षम बनाउन खोजेको बताए । क्लबका संस्थापक उपाध्यक्ष तथा नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले प्रशिक्षकका लागि प्रशिक्षण तालिम सञ्चालन गर्नु महत्वपूर्ण कार्य रहेको बताए । उनले तालिमले प्रशिक्षकहरुमा आत्मबल बढ्ने विश्वास व्यक्त गरे । क्लबले उच्च मनोबलका साथ खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्यले भैरहवा तेक्वान्दो क्लबले विगतमा पनि विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले भैरहवामा नमूना कबर्ड हल बनिरहेको र यो गौरवको कुरा भएको बताए ।
क्लबका कोषाध्यक्ष दीपक न्यौपानेको स्वागत तथा सचिव प्रकाशमान राजभण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
भैरहवामा तेक्वान्दो प्रशिक्षकहरुलाई प्रशिक्षण

गौतमबुद्ध सन्देश








