प्रदेश सभामा मुख्यमन्त्री आचार्यको सम्वोधनः बजेट बाँडफाँड समावेशी र सन्तुलित

मुख्यमन्त्री आचार्यले बजेट विनियोजन गर्दा हरेक जिल्लाको भौगोलिक अवस्था, विकासको आवश्यकता, जनघनत्व, अवसर र चुनौतिलाई ध्यानमा राखिएको बताउनुभयो ।

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८२\८३ कोलागि प्रस्तुत बजेट समावेशी विकास र क्षेत्रगत सन्तुलनमा आधारित रहेको बताउनु भएको छ । प्रदेश सभाको छैठौं अधिवेशनको १६ औं बैठकमा बजेट विनियोजनबारे उठेका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले जिल्लागत रूपमा विनियोजन भएको बजेटको विवरण सार्वजनिक गर्दै बजेट समावेशी विकास र क्षेत्रगत सन्तुलनमा आधारित रहेको स्पष्ट पार्नु भएको हो ।
विकासको प्राथमिकतालाई ध्यानमा राखेर बजेट बाँडफाँट गरिएको उहाँले प्रष्ट पार्नुभयो । नवलपरासी पश्चिमा एक अर्ब १९ करोड, रुपन्देहीमा ७ अर्ब १ करोड, कपिलवस्तुमा एक अर्ब ७८ करोड, पाल्पामा एक अर्ब ९९ करोड, अर्घाखाँचीमा एक अर्ब ६९ करोड, गुल्मीमा एक अर्ब ६६ करोड, रुकुम पूर्वी भागमा ७४ करोड १७ लाख, रोल्पामा एक अर्ब ४४ करोड, प्यूठानमा एक अर्ब ३६ करोड, दाङमा ९ अर्ब ६७ करोड, बाँकेमा ३ अर्ब ६६ करोड, बर्दियामा १ अर्ब २६ करोड बजेट विनियोजन गरिएको जानकारी गराउनु भएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोडको बजेट ल्याएको छ ।
प्रदेशको भौगोलिक र जनसंख्यात्मक महत्वका साथै भौतिक पूर्वाधार, कृषि, पर्यटन र अन्य सम्भावनालाई ध्यानमा राख्दै बजेटले प्राथमिकता राखेको छ । मुख्यमन्त्री आचार्यले भावनामा बगेर नभई तथ्यगत आधारमा तुलना गरेर बजेटको विश्लेषण गर्न आग्रह गर्दै जिल्लागत बजेटको विवरण सदनमा प्रस्तुत गर्नु भएको हो ।
मुख्यमन्त्री आचार्यले बजेट विनियोजन गर्दा हरेक जिल्लाको भौगोलिक अवस्था, विकासको आवश्यकता, जनघनत्व, अवसर र चुनौतिलाई ध्यानमा राखिएको बताउनुभयो । प्रदेश सरकारले यसपटक कृषि, पूर्वाधार, पर्यटन, ऊर्जा, सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य जस्ता जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरूलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । यसले प्रदेशको समावेशी, न्यायसंगत र दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका