होटलमा सम्भावनासँगै चुनौती

रुपन्देही जिल्लामा पछिल्लो समय होटल व्यवसायमा अरबौ लगानी थपिएका छन् । यहाँ पाँच तारे देखि सामान्य पर्यटकीय सुविधा सहितका दर्जनौ होटल निर्माणसंगै सञ्चालनमा आएका छन् । मुलुकका अन्य क्षेत्रमा भन्दा रुपन्देहीमा आर्थिक गतिविधिले तीव्रता लिएको र सम्भावना ज्यादै बढी भएकाले पनि यहाँ अन्य उद्योग व्यवसायसंगै होटल व्यवसायमा पनि लगानी बढेको छ ।
रबिन्द्र प्रताप गुप्ता

नेपालको अर्थतन्त्र निर्माणका आधारहरु धेरै भए पनि मुलतः जलस्रोत, कृषि र पर्यटन मुख्य नै हो । नेपालको परिपेक्षमा आर्थिक समृद्धिको मेरुदण्डको रुपमा पर्यटन व्यवसायलाई नै लिइन्छ जसमा स्वाधिन अर्थतन्त्रमा प्रत्यक्ष स्थान होटल व्यवसायको नै हुन्छ । राष्ट्रको अर्थतन्त्रलाई दिगो, सबल र सक्षम बनाउनका लागि होटल व्यवसायको महत्वपूर्ण भुमिका रहन्छ । पर्यटन व्यवसायको विकासको आधार होटल व्यवसाय नै हो । होटलको विकास बिना समग्र पर्यटन क्षेत्रको विकास हुन सक्दैन् । नेपालमा होटल व्यवसायको पनि सम्भावना र चुनौती दुवै छन् ।
खास गरी रुपन्देही जिल्लामा पछिल्लो समय होटल व्यवसायमा अरबौ लगानी थपिएका छन् । यहाँ पाँच तारे देखि सामान्य पर्यटकीय सुविधा सहितका दर्जनौ होटल निर्माणसंगै सञ्चालनमा आएका छन् । मुलुकका अन्य क्षेत्रमा भन्दा रुपन्देहीमा आर्थिक गतिविधिले तीव्रता लिएको र सम्भावना ज्यादै बढी भएकाले पनि यहाँ अन्य उद्योग व्यवसायसंगै होटल व्यवसायमा पनि लगानी बढेको छ । बुद्ध जन्मस्थल लुम्बिनी यही हुनु, अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल भारतको ठुलो स्थल नाका र स्थल नाका हँुदै सबै भन्दा बढी पर्यटकहरु यही बाट आउने गरेका कारण पनि यहाँ लगानीको वातावरण बढदै गएको छ । त्यसमा पनि होटलमा लगानी झनै बढेको छ । अहिले भैरहवा, बेलहिया, लुम्बिनी, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका लगायतका क्षेत्रमा दर्जनौ होटल निर्माण भएका छन्, त्यसमा अर्बौको लगानी भएको छ ।
अहिले लुम्बिनी तथा यस आसपासका क्षेत्रमा प्रत्येक वर्ष तारे होटलहरु थपिने क्रम बढ्दो छ । यहाँका होटलले एकै पटक २० हजार बढी पर्यटक थेग्न सक्छन् । तारे होटल समेत दर्जन हाराहारी पुगिसकेका छन् । करोड सम्मका पर्यटकीय होटल तीन सय हाराहारी पुगिसकेका छन् । यहाँको मुख्य गन्तव्य भनेकै शान्तिका अग्रदुत भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनी हो । वर्षेनी १५ लाख बढी स्वदेशी तथा विदेशी पर्यटक लुम्बिनी पुग्छन् ।

जिल्लाका अन्य गन्तव्यहरुमा पनि आकर्षण बढ्दो छ । ठूला शैक्षिक संस्था र अस्पतालहरुले गर्दा शैक्षिक तथा स्वास्थ्य पर्यटक पनि बढ्दो छ । यसले गर्दा होटलमा लगानी धमाधम थपिँदै गएको हो र अझ पनि होटलमा प्रयाप्त लगानीको आवश्यकता छ । यस क्षेत्रलाई लगानीकर्ताले पनि लगानीका लागि आफ्नो रोजाइमा पारेका छन् ।

यस क्षेत्रमा सुविधासम्पन्न होटल निर्माण गर्ने क्रम निरन्तर बढ्दै गएको छ । पर्यटक लक्षित होटलहरु बढ्दै जाँदा रोजगारीका अवसर पनि बढ्दै गएका छन् । हाल यहाँ सञ्चालित होटलहरुले प्रयाप्त रोजगारी सिर्जना गरेका छन् ।

पर्यटकहरुलाई खाना, नास्ता, बासको प्रबन्ध मिलाउने होटल व्यवसायीहरु हो । होटल व्यवसायीहरुलाई थुप्रै चुनौती तथा समस्या पनि भोग्नु परिरहेको छ । नेपालमा होटलका लागी थुप्रै सम्भावना छन् तर ती सम्भावनालाई मुर्त रुप दिन कठिन चुनौती समेत रहेका छन् । यस क्षेत्रमा अतयधिक सम्भावनाहरु पनि छन् । हाम्रो देशको सातै वटा प्रदेशको कुना काप्चा तथा दुर्गम स्थानमा प्रख्यात रहेका रितिरिवाज, चालचलन, धर्म संस्कृति आदिलाई विश्वसामु चिनाउन सके पर्यटकीय क्षेत्रमा टेवा पु¥याउन सकिन्छ । विशेष गरी रैथाने तथा स्थानीय खानाका परिकारहरुलाई पनि अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके पर्यटकीय क्षेत्रको विकास राष्ट्रको आर्थिक उन्नति सहज हुन्छ ।

होटल व्यवसायीहरुले आफुहरुलाई विभिन्न बहानामा दुःख दिइएको बताउँदै आएका छन् । होटलमा बास बस्ने पर्यटकहरुले गरेको कमीकमजोरीलाई लिएर व्यवसायीलाई नै आंतकित पारिन्छ भन्ने कुराहरु विभिन्न सभा, सम्मेलन र गोष्ठीमा सुन्न पाइन्छ । राज्यले व्यवसायीमैत्री नीति ल्याए मात्र यहाँका होटल व्यवसाय फस्टाउने उनीहरुले बताउँदै आएका छन् । त्यस्तै होटल व्यवसायीहरुले रातीमा पनि होटल सञ्चालन गर्न पाउने व्यवस्था गर्न माग गर्दै आएका छन् । केही व्यवसायीहरुले विदेशी मुलुक जस्तै रात्रीकालिन बजार तथा २४ घण्टे बजार सञ्चालनको अवधारण ल्याउनुपर्ने आवाज समेत उठाउँदै आएका छन् । राज्यले व्यवसायको सुरक्षा गर्नुपर्छ । होटल व्यवसाय पनि अन्य व्यवसाय सरह हो । सबै व्यवसायमा केही कमीकमजोरी अवश्य नै छन् । त्यसबाट होटल व्यवसाय पनि बाहिर रहन सक्दैन् । तर ती कमीकमजोरीलाई सच्याउँदै व्यवसायलाई थप मर्यादित बनाउँदै लैजानुपर्छ । होटल व्यवसाय बिना पर्यटन व्यवसाय सफल भएको परिकल्पना गर्न सकिदैन ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका