बुटवलको योगीकुटी ग्रिडमा आगलागी हुँदा विद्युत अवरुद्ध

विद्युत सर्ट भएपछि योगीकुटी ग्रिड अन्तरगतका क्षेत्रमा विद्युत अवरुद्ध हुँदा त्यस ग्रीड अन्र्गतको क्षेत्रमा अन्धकार छाएको छ ।

बुटवल । नेपाल विद्युत प्राधिकरणको बुटवलस्थित योगीकुटी सवस्टेशनमा मँगलबार साँझ विद्युत सर्ट भई आगलागी हुँदा विद्युत सेवा अवरुद्ध भएको छ । योगीकुटी ग्रिडमा साँझ ९ बजेपछि आगलागी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए ।

विद्युत सर्ट भएपछि योगीकुटी ग्रिड अन्तरगतका क्षेत्रमा विद्युत अवरुद्ध हुँदा त्यस ग्रीड अन्र्गतको क्षेत्रमा अन्धकार छाएको छ । दमकल र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ग्रीडमा भएको क्षतिको विवरण आइसकेको छैन ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका