विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

राष्ट्रिय परोपकार महासंघ नेपाल सिद्धार्थनगर नगर समिति, रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–१२ स्थित श्री सिद्धार्थ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
गौतमबुद्ध सन्देश

भैरहवा, १० जेठ । राष्ट्रिय परोपकार महासंघ नेपाल सिद्धार्थनगर नगर समिति, रुपन्देहीले शैक्षिक सामग्री वितरण गरेको छ । महासंघले मंगलबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिका–१२ स्थित श्री सिद्धार्थ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
प्रमुख अतिथि महासंघको जिल्ला सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले विद्यार्थीलाई नैतिक शिक्षाको आवश्यक रहेकोमा जोड दिए । उनले जिल्लाभरी नै शैक्षिक सामग्री वितरण गरिने जानकारी दिए । उनले महासंघको सिद्धार्थनगर नगर समितिले महत्वपूर्ण कार्य गर्दै आएको बताए । आगामी दिनमा पनि संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ। ‘शिक्षाबाट कोही पनि वञ्चित हुनुहुँदैन, ’उनले भने । अधिकारीले बुटवलमा परोपकार कुुञ्जधाम निर्माण गर्न लागिएको बताए ।

श्री सिद्धार्थ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद बस्यालले राष्ट्रिय परोपकार महासंघ नेपाल सिद्धार्थनगरले विद्यालयलाई रोजेर कार्यक्रम गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि विद्यालयले सहयोगको अपेक्षा राखेको बताए।

राष्ट्रिय परोपकार महासंघ नेपाल सिद्धार्थनगरका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता, सदस्य नारायण प्रसाद कोइरालाको स्वागत तथा सचिव लक्ष्मण पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष लक्ष्मी अर्याल,  विद्यालयकी प्रधानाध्यापक ममता प्रधान लगायतको उपस्थिति थियो ।

 

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका