नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु

गौतमबुद्ध सन्देश

काठमाडौँ ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक काठमाडौँमा सुरु भएको छ । पार्टीको राष्ट्रिय महाधिवेशनपछि भएको दोस्रो पूर्ण बैठकमा यसअघिको कार्य विभाजनको समीक्षा गरी नयाँ कार्य विभाजन हुनेछ।

साथै सबै खाले भ्रष्टाचार विरुद्ध सबै तहमा सङ्घर्ष सञ्चालन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचित तर पूर्ण समानुपातिक संसद्को लागि जनपरिचालन गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्नको लागि दबाब सिर्जना गर्ने, बैंक, वित्त, रोजगार, वैदेशिक रोजगार, सहकारी, शिक्षा, तथा स्वास्थ्य क्षेत्रका समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने मजदुर, किसान, महिला, दलित लगायत जनवर्गहरूको समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने, स्थानीय स्तरका मुद्दाहरू स्थानीय तहले पहिचान गरी अभियान सञ्चालन गर्ने र राजनीतिक समिति गठन गर्ने लगायतका प्रस्ताव पेस गरिएका छन् ।

बैठक आज र भोलि हुनेछ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका