गुरु (जीवनको मार्गदर्शक)

आर्यन भण्डारी

ज्ञानको ज्योति बाल्ने,
अज्ञानको छाया हटाउने हो, गुरु ।
शतको उज्यालो देखाउने,
जीवनको हरेक मोडमा सघाउने हो गुरु ।

अपार ज्ञानको सागर,
भगवानको स्वरुप हो गुरु ।
पृथ्वीको हराभरा सुन्दरता,
विद्यार्थीको लागि अनुप हो गुरु ।

हिमालझै उभिने,
शिक्षाको पहाड हो गुरु ।
सधै बगि रहने,
विद्याको बहाव हो गुरु ।

मानिसलाई जैविक देखि,
सामाजिक बनाउने देवता हो गुरु ।
विद्यार्थीको उज्जवल,
भविष्य ससाउने भगवान हो गुरु ।

हरेक समस्याको हल हो गुरु ।
खडेरी लाएको जमिनको जल हो गुरु ।
काडाको जङ्गलको फूल हो गुरु ।
हरेक मानिसको जीवनको मूल हो गुरु ।

आमा बुवा पछिको शरण हो गुरु ।
हरेक खुशी र हर्षको कारण हो गुरु ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका