शुद्धोदनको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कार्यक्रममा उपस्थित स्थानीय र सरोकारवालाहरुले सेवा प्रवाह र विकास निर्माणमा चासो राखेका थिए। सरोकारवालाहरुले गाउँपालिकामा अझै कृषि, सडक, सिंचाई कुलो, सुकुम्बासी समस्या जस्ता विषयमा गम्भीर भएर लाग्नुपर्ने सुझाव दिएका थिए।
नगेन्द्र केसी

जेष्ठ २८ ।रुपन्देहीको शुद्धोदन गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ।शुद्धोदन गाउँपालिकाको आयोजना तथा जलेश्वर पब्लिक मिडिया प्रा.लि.को सहकार्यमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुवनेश्वरी कोटहिमाई दर्बहवा मन्दिर परिसर, शुद्धोदन ५ मानपकडीमा सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित स्थानीय र सरोकारवालाहरुले सेवा प्रवाह र विकास निर्माणमा चासो राखेका थिए।सरोकारवालाहरुले गाउँपालिकामा अझै कृषि, सडक, सिंचाई कुलो, सुकुम्बासी समस्या जस्ता विषयमा गम्भीर भएर लाग्नुपर्ने सुजाव दिएका थिए।उनीहरुले भौतिक निर्माणको गुणस्तरीयता, विद्यालय र शिक्षकको सुधार गरी शिक्षामा परिवर्तन, शान्ति सुरक्षा, स्वास्थ्य चौकीमा कर्मचारी र डाक्टरको उपस्थितीमा अनियमितता, नदिजन्य पदार्थ उत्खननबाट हुने आम्दानीबारे स्थानीयहरुलाई जानकारी गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बौद्धलाल शर्मा, बलराम कँडेल, पुन्यराम गौतम,नारायण सिहं राना,पुर्ण गिरि, शेरबहादुर थापा चिन्तामणी गैरे,कमल काफ्लेलगायतले विभिन्न समस्याहरु र समाधानका विषयमा औल्याँएका थिए।
सहभागिहरुले राखेका जिज्ञासाहरुका बिषयमा शुद्धोदन गाँउपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेत, प्रवक्ता केशव प्रसाद अधिकारी लेखा शाखा प्रमुख लक्ष्मण पाण्डे, ईलाका प्रहरी कार्यालय शैलेन्द्र पाण्डे लगायतले जवाफ दिदै नमुना गाँउपालिकाको रुपमा बिकास गराउन बिभिन्न किसिमका योजनाहरु सन्चालन र निर्माण भईरहेका योजनाहरुमा सबै नागरिकहरु समेत आ आफनो तर्फबाट जिम्मेवार बन्न आग्रह गर्नुभएको थियोे।
कार्यक्रम पालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षता र उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागतमा र पत्रकार सुरेस परियारको सञ्चालनमा सो सार्वजनिक सुनवाइ सम्पन्न भएको थियो ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका