२८ जेठ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ७ टिकरस्थित श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला (स्कूल ब्याग) वितरण गरिएको छ । बुधबार रोहिणी गाउँपालिकाले एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीका विभिन्न सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको बताए। उनले श्री सरस्वती आधारभूत विद्यालयको भवन निर्माणमा पनि गाउँपालिकाले लगानी गरेको बताए। शिक्षा क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिएको उनको भनाइ थियो ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले विद्यार्थीहरुलाई झोला वितरण गर्न पाउँदा खुसी लागेको बताइन । उनले शिक्षा क्षेत्र विकासको महत्वपूर्ण पूर्वाधार भएको बताइन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र प्रताप सिंहले यो विद्यालयको विकासमा आगामी दिनमा पनि गाउँपालिकाले ध्यान दिने विश्वास व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक धनेश्वर कँवरले श्री सरस्वती आधारभूत विद्यालयमा ७० प्रतिशत बढी दलित समूदाय र विपन्न परिवारका विद्यार्थी अध्ययनरत रहेको बताए ।
विद्यालयका शिक्षक मनोज कुमार यादवको सञ्चालनमा भएको कार्यक्रममा देवेन्द्र कुमार मिश्रा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगायतको उपस्थिति थियो ।
विद्यार्थीहरुलाई झोला वितरण
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ७ टिकरस्थित श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला (स्कूल ब्याग) वितरण गरिएको छ ।

गौतमबुद्ध सन्देश








