समाचार हटाउने आदेश पुनरावलोकन गर्दै संविधानको मर्मअनुरूप सुधार गर्न प्रेस चौतारीको माग

काठमाडौँ।

प्रेस चौतारी नेपालले समाचार हटाउन र पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

चौतारीले बुधबार विज्ञप्ति जारी गरेर बिजमाण्डु डटकम र नेपाल खबर डटकमलाई प्रकाशित समाचार हटाउन जिल्ला अदालतले जारी गरेको आदेश र समाचारकै विषयमा पत्रकार पाठकमाथि पक्राउ पुर्जी जारी हुनुलाई गम्भीरतापूर्वक लिएको जनाएको हो ।

‘प्रेस चौतारी नेपालको दृढ विश्वास छ– सम्मानीत अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्मअनुरूप सुधार गर्नेछ,’ महासचिव हिरामान लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तै, नेपाल प्रहरीको साईबर ब्युरोले पत्रकार पाठकमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता दर्शाउनेछ ।’

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका