बिहीबारसम्मका लागि संसद् बैठक स्थगित

गौतमबुद्ध सन्देश

काठमाडौँ — विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेपछि बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराए लगत्तै विपक्षी दलहरू आ-आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै संसद् अवरुद्ध गरेका थिए।

भिजिट भिसा प्रकरणको छानबिन कसरी गर्ने भन्नेमा दलहरूबीच सहमति नजुट्दा प्रतिनिधिसभा बैठक बारम्बार अवरुद्ध भइरहेको छ। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३:१५ का लागि सारिएको थियो। रास्वपा, माओवादीलगायतका दलहरूले ‘कारबाही गर, कारबाही गर’ भन्दै नाराबाजी गरेका थिए।

सभामुख घिमिरेले विपक्षी दलका सांसदलाई पटकपटक बस्न आग्रह गरे पनि र्ठेर नाराबाजी गरिरहेपछि भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको बताए ।

भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन्। सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरूले पछिल्लो समय न्यायिक वा संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन्।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका