१० महिनामै ३९ प्रतिशत बढ्यो सेयर कर्जा, ठूलो ऋणमा उच्च वृद्धि

गौतमबुद्ध सन्देश

२८ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने मार्जिन प्रकृतिको कर्जा उच्च दरले बढेको छ ।

असार मसान्तको तुलनामा वैशाख मसान्तसम्म आउँदा कुल सेयर धितो कर्जा ३९.३ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ । अन्य किसिमका कर्जाको वृद्धि सुस्ताएका बेला सेयर धितो कर्जामा भारी वृद्धि देखिएको हो ।

सो प्रकृतिको कर्जामा पनि ठूला ऋणी हाबी छन् । १० महिनामा १ करोडमाथिको सेयर कर्जा मात्रै ५३.३ प्रतिशत बढेको छ । वैशाख मसान्तसम्म १ करोडमाथिको सेयर कर्जा ८५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै ५० लाख देखि १ करोडसम्मको कर्जा १० महिनामा २१.१ प्रतिशत बढेको छ । वैशाख मसान्तसम्म यो सीमाको सेयर कर्जा १५ अर्ब ५ करोड रुपैयाँ छ । त्यस्तै २५ देखि ५० लाखसम्मको कर्जा १६ अर्ब ६२ करोड छ । १० महिनामा यो कर्जा सीमाको वृद्धिदर १५.३ प्रतिशत हो । २५ लाखमुनिको साना कर्जा भने १० महिनामा जम्मा १०.८ प्रतिशत मात्रै बढेको छ । वैशाख मसान्तसम्म यस्तो सीमाको कर्जा ८ अर्ब १० करोड छ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका