सेयर बजारका सबै सूचक बढे, १० अर्ब नाघ्यो कारोबार

वृद्धिपछि नेप्से २६७८ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम बढेको छ ।
गौतमबुद्ध सन्देश

२७ जेठ, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २५.०७ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से २६७८ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ६८ करोडको कारोबार भएकोमा आज १० अर्ब १६ करोडको भयो । १९६ कम्पनीको मूल्य बढ्दा ५२ को घट्यो ।

सबै सेक्टरका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ५.१२ प्रतिशत बढ्यो । बैंकिङ ०.९३, विकास बैंक ०.७१, होटल तथा पर्यटन १.२८, हाइड्रोपावर ०.४६, लगानी ०.६८, जीवन बीमा १.०८, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.२६, अन्य १.५१ तथा व्यापार १.०७ प्रतिशत बढे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी र श्री इन्भेस्टमेन्ट फाइनान्स छन् । त्यस्तै समृद्धि फाइनान्सको ८.३८, जानाकी फाइनान्सको ६.९१, रिलायन्स फाइनान्सको ६.६७ प्रतिशत बढ्यो ।

रावा इनर्जीको ६.१४, ओम मेगाश्री फर्मास्युटिकल्सको ४.१०, नारायणी डेभलपमेन्ट बैंकको ३.६३ तथा उपकार लघुवित्तको २.६४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा एचआईडीसीएल प्रमोटर, अरुण काबेली पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर र ङादी ग्रुप क्रमशः अगाडि छन् ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका