हृदयघातमा प्राथमिक उपचार सम्बन्धी जनचेतना

भैरहवा  । भूतपूर्व विद्यार्थी समाज बुटवल बहुमखी क्याम्पसको आयोजना र क्रिमसन अस्पताल मणिग्रामको सहयोगमा आकस्मिक रुपमा हुने हृदयघातमा प्राथमिक उपचार सम्बन्धी जनचेतनामूलक कार्यक्रम बुटवल बहुमखी क्याम्पसमा सम्पन्न भएको छ ।
क्याम्पसका प्राध्यापक, कर्मचारी र विबिए अध्ययतरत विद्यार्थीहरुका लागि आयोजित कार्यक्रममा क्रिमसन अस्पतालका मेडिकल अधिकृतहरु डा.अजय पाण्डे र डा.रक्षा ज्ञवालीले हृदयघात र त्यसपछि गर्नुपर्ने उपचारका बारेमा जानकारी दिनुभएको थियो ।
पछिल्लो समयमा समाजमा हृदयघातका घटना बढिरहेका छन् । हृदयघात भएपछि मष्तिष्कमा अक्सिजन र रगतको मात्रा पुग्न सकेन भने उपचार पाएपनि मष्तिष्क बचाउन सकिदैन । त्यस्तो अवस्थामा बिरामीलाई सजिलो गरी सुताएर मुटुमा पम्प दिने तथा मुखबाट फुकेर श्वास दिई केहि समयका लागि मष्तिष्क बचाउन सकिन्छ ।
डा.पाण्डे र डा.ज्ञवालीले डमीको प्रयोगबाट हृदयघातपछि के के गर्ने भनेर ब्यवहारिक रुपमा सिकाउनु भएको थियो ।
समाजका अध्यक्ष कुलमणि ज्ञवालीको अध्यक्षता र क्याम्पसका क्युएए ईन्चार्ज प्राध्यापक तिलक भुसालको सञ्चालनमा भएको सो कार्यक्रममा क्याम्पस प्रमुख डा.अरुण क्षेत्रीलगायतको पनि सहभागिता थियो ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका