कांग्रेस उम्मेदवारलाई समर्थन गरेको आरोपमा राप्रपा क्षेत्रीय सभापति थापा निलम्बित

भैरहवा, फागुन १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामबहादुर  थापालाई पार्टीबाट निलम्बन गरेको छ।

राप्रपा जिल्ला कार्यसमिति रुपन्देहीद्वारा जारी पत्रमा पार्टीको नीति तथा हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै थापालाई निलम्बन गरिएको उल्लेख छ।

पत्र अनुसार थापाले व्यक्तिगत रूपमा आर्थिक प्रलोभनमा परी नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको भन्दै पार्टीले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। उक्त गतिविधि पार्टीको नीति तथा निर्देशन विपरीत भएको जनाउँदै उनलाई पार्टी सदस्यताबाट निलम्बन गरिएको जनाइएको छ।

जिल्ला सभापति सागर प्रताप राणाद्वारा हस्ताक्षरित पत्रमा आजकै मितिदेखि लागू हुने गरी निलम्बन गरिएको उल्लेख गरिएको छ।

राप्रपाले पार्टी अनुशासन उल्लंघन गर्ने जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका