उपाध्यक्ष खत्रीको निधनमा आज भैरहवाका मदिरा व्यवसाय बन्द गरिने

भैरहवा — मदिरा व्यवसायी संघ भैरहवाका उपाध्यक्ष तेज बहादुर खत्रीको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भैरहवाका मदिरा व्यवसायहरु एक दिनका लागि बन्द गरिने भएको छ। संघका अध्यक्ष यादब पोख्रेलले जारी गरेको शोक वक्तव्यअनुसार स्वर्गीय खत्रीप्रति सम्मान प्रकट गर्दै संघमा आबद्ध सम्पूर्ण मदिरा व्यवसायीहरूलाई २०८२ फागुन २९ गते एक दिनका लागि आफ्नो व्यवसाय बन्द गर्न अनुरोध गरिएको छ। संघले खत्रीको निधनले मदिरा व्यवसायी समुदाय तथा समाजमा अपूरणीय क्षति पुगेको जनाएको छ। साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।

खत्री, बिहीवार भैरहवामा सडक दुर्घटनामा परेका थिए । उनको शुक्रबार उपचारको क्रममा निधन भएको थियो ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका